
खोटाङ, १८ असार । खोलामा हाम फालेर खोटाङमा एक व्यक्तिले आत्महत्या गरेका छन् । दिक्तेल नगरपालिका–४ का ४५ वर्षीय रेशम खत्रीले घर नजिकै रहेको छेकालुङ खोलामा हाम फालेर आत्महत्या गरेका हुन् ।
मानसिक सन्तुलन ठीक नभएका उनले बिहीबार दिउँसो खोलामा आएको भेलमा हाम फालेको खत्रीकी बहिनी कमला थापाले बताउनुभयो । खोलामा हाम फाल्नासाथ स्थानीयले उद्दार गरेर जिल्ला अस्पताल
खोटाङ पु¥याइएका उनको उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलामा हाम फाल्नासाथ उद्दार गरिएका उनको शरीरमा गहिरो चोट लागेको थियो । लामो समयदेखि
मानसिक सन्तुलन गुमाएका उनले यसअघि पनि पटक–पटक आत्महत्याको प्रयास गरेको छिमेकीले बताएका छन् ।