

गाविसको ५० हजार तथा चन्दा संकलनबाट जम्मा गरिएको रकमगरी एक लाख ९० हजारको लागतमा निर्माण गरिएको खेलमैदान उद्घाटन गर्नुअघि नै बाढीले बगाएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो । कृष्णराम राई रंगशाला नाम दिइएको नयाँ खेलमैदानलाई भारी वर्षापछि माथिबाट खसेको पहिरोले समेत पुरेको जनाइएको छ ।
गाउँमा फुटबल लगायतका खेलको विकासका लागि स्थानीयले स्क्याभेटरको प्रयोग गरी खेलमैदान निर्माण गरेका हुन् । भलबाढी र पहिरोले क्षतविच्छेद बनाएको रंगशाला पुनः चन्दा उठाएर पुर्नमर्मत गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिलङले बताउनुभयो ।