असार २९ । खोटाङका पत्रकारलाई ‘बैदेसिक रोजगार’का बिषयमा पत्रकारिता तलिम दिइएको छ । बैदेशिक रोजगार सम्वन्धी समाचार रिपोर्टिङ तथा सम्प्रेषणमा दक्ष बनाउने उद्धेश्यले जिल्लाका पत्रकारलाई ‘बैदेसिक रोजगार’का बिषयमा तालिम दिइएको हो ।
जनसेवा समाज नेपाल र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको साझेदारीमा जिल्लामा सञ्चालित सुरक्षित आप्रबासन परियोजना अन्तरगत आयोजनामा गरिएको दुई दिने पत्रकारिता तालिममा स्थानीय र केन्द्रीय छापा तथा बिद्युतीय सञ्चार माध्याममा आवद्ध २० पत्रकारहरुको सहभागीता रहेको थियो । 
पत्रकारिताको माध्यायमबाट बैदेशीक रोजगारलाई सुरक्षित, उपलव्धीमूलक र भरपर्दो बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको परियोजनाका जिल्ला संयोजक भक्त राईले बताए । पत्रकारलाई बैदेसिक रोजगारीका समस्यालाई ‘बिट’कैरुपमा प्राथमिकता दिन उत्साहित गर्ने उद्धेश्यले गरिएको तालिममा देशपरदेशडटकमका सम्पादक सुनिल न्यौपानेले प्रशिक्षण दिए । परियोजनाले केही वर्षअघि पनि बैदेसिक रोजगारीका बिषयमा पत्रकारलाई तालिम दिएको थियो ।