असार–३१, संसदीय बिकास कोषको रकमबाट खोटाङको दुबेकोलमा सडक निर्माण गरिएको छ । आर्थिक वर्षको अन्त्यमा ब्रेकरको प्रयोग गरेर दश लाखको लागतमा सडक निर्माण गरिएको हो । दुबेकोल–ऐसेलुखर्क सडक खण्डको २१० मिटर खण्ड चट्टान कटान गरेर सडक बिस्तार गरिएको स्थानीय सामाजिक स्वयंसेवक निता भुजेलले जानकारी दिनुभयो । कडा चट्टान भएका कारण ब्रेकरको प्रयोगमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ ।