फ्रेण्डसिप धमाकाका लागि मलेसियाको केलाङ पुगेका कलाकारहरु । तस्बिर: फेसबुक |
खोटाङ, साउन १ । खोटाङ सेवा समाज मलेसियाको आयोजनामा भूकम्प पिडितको सहयोगार्थ मलेसियामा बुहत ‘मलेसियामा फ्रेण्डसिप धमाका’ सुरु गरिएको छ ।
गत बैसाख–१२ र २९ गतेको महाभूकम्पबाट पिडितको सहयोगार्थ मलेसियामा बिहिबारबाट ‘मलेसियामा फ्रेण्डसिप धमाका–२०१५’ सुरु गरिएको हो । सांगीतिक धमाका आगामी सोमबारसम्म जारी रहने मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए । पिनहुवा १ केलाङमा उदघाटन गरिएको सांगीतिक धमाका सोमबार देवानहुल, इपो, सितिवानमा समापन गरिने आयोजक खोटाङ सेवा समाज मलेसियाले जनाएको छ ।
सांगीतिक धमाकाका लागि नेपालबाट नायीका करिष्मा मानन्धर, हाँस्याकलाकार शिबहरि पौडेल (मुखामा हान्नुजस्तो), किरण केसी (राता मकै), गायक कमल खत्री, लोकदोहोरी गायीका ज्योती मगर, गायक सचिन राई, अबिशेक तामाङ, मोडल रश्मि तामाङ र बिक्की पुलामी लगायत मलेसिया पुगेका छन् । ख्यतीप्राप्त कलाकारलाई लगेर खोटाङ सेवा समाज मलेसियाले हरेक वर्ष ‘मलेसियामा फ्रेण्डसिप धमाका’ सञ्चालन गर्दै आएको छ ।