

खोटाङ सेवा समाज काठमाडौंको समन्वयमा विभिन्न देशमा संकलन गरिएको रकम बुधबार पीडित राईलाई हस्तान्तरण गरिएको समाजका सचिव बाजिन्द्र बिष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निम्न आर्थिक अवस्थाका राईको जीवन रक्षाका लागि विभिन्न देशमा रहेका खोटाङ्गेहरुबाट रकम संकलन गरिएको थियो, उक्त रकम बुधबार एक कार्यक्रमका बीच पीडित राईलाई हस्तान्तरण गरियो ।”
समाजका अध्यक्ष राकेश राईको अध्यक्षतामा काठमाडौंमा भएको कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले रकम हस्तान्तरण गर्नुभएको सचिव बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार हङ्कङमा रहनुभएका विजयखर्कका सहरमान राईले व्यक्तिगत रुपमा एक लाख, युकेमा रहनुभएका इश्वर राईको संयोजकत्वमा संकलन गरिएको एक लाख ३७ हजार ३७५, दक्षिण कोरियामा रहनुभएका पहरमान राईको संयोजकत्वमा संकलन गरिएको एक लाख २९ हजार ६००, किरात राई खाम्बातिम युकेबाट ३८ हजार १६० र ईजरायलमा रहनुभएका जगत राईको संयोजकत्वमा संकलन गरिएको दश हजार २०० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
राईको सहिद गंगाल हृदय केन्द्र बाँसबारीमा उपचार भइरहेको आफन्तले जनाएका छन् । वर्षदिनदेखि उपचाररत राईको आर्थिक अभावका कारण उपचारमा समस्या आएको थियो ।