ललितपुर । पूर्व गाेर्खाली पुर्खाहरुकाे खाेज अनुसन्धान गर्न गाेर्खा सेमिट्रेज ट्रष्टकाे स्थापना भएकाे छ । हङ्कङमा बस्दै अाएका नेपालीहरुले सन 2009 मा ट्रष्टकाे स्थापना गरेकाे भएपनि नेपालमा भने भर्खरै स्थापना गरिएकाे हाे ।
पहिलाे र दाेश्राे विस्वयुद्वमा वीरगती प्राप्त वीर गाेर्खालीहरुकाे ईतिहास खाेज तथा अनुसन्धान गर्ने मुलउदेश्य सहित नेपालमा ट्रष्ट स्थापना गरिएकाे अध्यक्ष महेन्द्र राईले जानकारी दिएका छन् । पहिलाे र दाेस्राे विश्व युद्व बाहेक अन्य किसिमका युद्वमा परेका, बेपत्ता पारिएका पुर्खाहरुकाे ईतिहास खाेज तथा अनुसन्धान गर्दै अभिलेखीकरण गर्न सँस्थाकाे स्थापना भएकाे राईले बताएका छन्।
ललितपुरकाे धराने सेकुवाकाे शभाहलमा अायाेजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले नेपालीहरु गाेर्खाली सेनामा गएर गरेकाे याेगदान र नेपाली वीरताकाे गाथालाई सम्झनु पर्ने बताए । विस्वका जुनसुकै ठाउँमा गएर शाहषका साथ लडाई लडेका पुर्खाहरुकाे ईतिहाँसलाई संरक्षण गर्ने दायित्व वाेध गर्नु पर्ने उनकाे भनाई रहेकाे छ । 
नेपाल सरकारसँग सहकार्य गरेर वीरगति प्राप्त गाेर्खाहरुकाे चिहान व्यवस्थित गर्ने सकेसम्म ट्रष्टले नेपालकाे उपयुक्त स्थानमा जग्गाकाे व्यवस्था गर्ने सँस्थाकाे याेजना रहेकाे पत्रकार सम्मलेनमा जानकारी दिईएकाे थियाे ।