
साउन–१६, गुठी संस्थानले हलेसीमहादेवको जग्गा अतिक्रमणबारे छानविन प्रक्रिया अघि बढाएको छ । हलेसीमहादेवको जग्गा आफ्नो नाममा पास गर्ने व्यक्तिको नाममा म्याद तामेली गराउनुका साथै अन्य छानविनको प्रक्रिया अघि बढाएको हो ।
गुठी संस्थानले म्याद तामेली गरेर पठाउँन कार्यालयमा पठाएको पत्रानुसार २९ जनाको नाममा म्याद तामेली गरिएको जिल्ला मालपोत कार्यालय खोटाङका मालपोत अधिकृत विनोद गेलालले बताउनुभयो । अधिकृत गेलालका अनुसार हलेसीमहादेवस्थान–४ का कुष्णकुमारी गिरी, बजेन्द्रकुमार गिरी, सुदीप गिरी, ऐराख राई, हेमन्त गिरी, भवानीशङ्कर गिरी, गुन्जना गिरी, अर्जुन गिरी, सप्तबहादुर राई, भरिता राई, हरि गिरी, रुपेन्द्र राई, हर्कराज राई, बमप्रसाद गिरी, मन्दीप गिरी, लक्ष्मीमाया“ गिरी, सपना गिरी, तारालक्षी राई, कुमारी राई, ज्यानकाजी राई, अर्जुन गिरी, सम्शेर गिरी, प्रकाशकुमार राई, प्रमोदकुमार गिरी, रत्नकुमार गिरी, नविन राई र राजन राईलाई तामेली गरेको हो ।
अन्यलाई पनि तामेली लिने प्रक्रिया अघि बढाइएको मालपोत कार्यालयले जनाएको छ । मालपोत स्रोतका अनुसार धितुङ–९ की अस्मिता राई, बुइपा–५ का शिवकुमारी श्रेष्ठ र उषा श्रेष्ठ, उदयपुर त्रिवेणी गाविसकी भानुकुमारी गिरी, उदयपुर कटारीकी लक्ष्मी विश्वकर्मा, सुनसरी धरानकी सुनिल विश्वकर्मा, ओखलढुङ्गाका ध्रुवकुमार गिरी र देवकुमारी सन्यासी, सल्ले–९ का सन्दरबहादुर राई, दुर्छिम–७ का मिलनकुमारी राई र दुर्छिम–२ कै नैनकुमार राईलाई म्याद तामेल गराउन बा“की छ । उनीहरूलाई गाविस सचिव मार्फत म्याद तामेली गर्ने प्रक्रिया अगाडि बढाइएको अधिकृत गेलालले जानकारी दिनुभयो ।
जग्गा अतिक्रमण हुनेक्रम बढेपछि यसअघि हलेसीमहादेवको नाममा रहेको विभिन्न ३० कित्ता जग्गा रोक्का गरिएको थियो । मालपोतका अनुसार हलेसीमहादेवस्थान–४ मा रहेको कित्ता नं–५०, ५२, ७०, ३५१, ३७९, ८८, ८९, ९०, १७३, ३७१, २६८, ३७८, ३८३, ७९८, ८०१, १०५७, १०५८, २८३, ३८२, ९८४, ९९५, ३२, १८८, २२५, २९७, १०४६, ८०० र ३६८ रोक्का गरिएको हो ।
यसमध्येबाट कित्ता काट गरेर थुप्रै जग्गा किनबेच भएकाले त्यसको छिनोफानोका लागि गुठी संस्थानले छानविन प्रक्रिया अघि बढाएको अधिकृत गेलालको भनाइ छ । गुरु योजना लागू हुँदा प्रशस्त मुआब्जा पाउने आशामा हलेसी महादेवस्थानको जग्गा अतिक्रमण बढेको हो ।
अतिक्रमति जग्गाबाट उनीहरुलाई हटाउन जिल्ला प्रशासन कार्यालय समक्ष पटक–पटक माग गरिएपनि कुनै सुनुवाइ नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । उहाँले भन्नुभयो, “जग्गा दावी गर्दै मन्दिरकै छेउछाउ घर बनाउनेक्रम रोकिएको छैन, यसबारे सम्बन्धित निकाय मौन रहेका छन् ।”