
साउन–१७, भूकम्पले चर्किएको घर भत्किदा खोटाङमा दुहुनो भैंसीसहित ११ घरपालुवा पशु मारिएका छन् । गत बैसाख–१२ गतेको भूकम्पले चर्किएको छोरम्बु–३ रुबलुङका बइन्द्र राईको घर भारी वर्षाका कारण भत्किदा एउटा दुहुनो भैंसी, दुई वटा गोरु, एउटा गाई, तीन वटा खसी र चार वटा बाख्रा थिचिएर मारिएका हुन् ।
भारी वर्षापछि शनिबार राती ढलेको घरले किचेको गोठमा पुरिएका पशुचौपायलाई स्थानीले आइतबार बिहान निकालेको स्थानीय तुलसकुमार राईले जानकारी दिनुभयो । एक्लै बस्दैआउनुभएका राई भने पालीमा सुतेका कारण थिचिनबाट जोगिएको स्थानीयले बताएका छन् । गोठको भग्नावशेषबाट बाच्छा र एउटा पाडालाई मात्र जिबितै उद्धार गरिएको छ ।