खोटाङ, २२ साउन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु खोटाङको अध्यक्षमा ओमप्रकाश घिमिरे चयन भएको छन् ।
अनेरास्ववियु खोटाङको दोस्रो पुर्ण बैठकले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा खेमराज देउसाली र सचिव प्यास्पी चाम्लिङ चयन भएको छन् । 
यस्तै सहसचिवहरु दीपेन्द्र राई, सम्झना राई, तेजेन्द्र घिमिरे रहेका छन् भने कोषाध्यक्ष रिजन भुजेल चयन भएका छन् ।