भदौ ६ खोटाङ । जिल्ला विकास समिति खोटाङबाट दलित लक्षित कार्यक्रम अन्तरगत लक्षित वर्गको कार्यक्रममा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलासा भएको छ । दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष गिरी परियारले लक्षित वर्गको नाममा किर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेको खुलासा भएको हो । 
परियारले जिविस खोटाङबाट लक्षित वर्गमा पर्ने दलितको बङ्गुरको पाठो बुझेको किर्ते हस्ताक्षर गरेर ५० हजार रूपैया“ रकम फछ्र्यौट गरेको प्रशासन स्रोतले जनाएको छ । रकम हिनामिना भएको उजुरी आएपछि रकम असुल गर्ने प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । “परियारले पाठो किनेर दिने भनेका छन् ।” उहाँले भन्नुभयो, “यदि उनले उपलब्ध नगराए कानुनी कारबाही अगाडि बढाइनेछ ।” 
आफ्नो नाममा बङ्गुरको पाठो पाएको किर्ते हस्ताक्षर गरेर योजना फछ्र्यौट गरेको भन्ने थाहा पाएपछि प्रशासनमा उजुरी दिइएको पीडितले बताएका छन् । उजुरीपछि परियारले केही व्यक्तिलाई भने पाठो उपलब्ध गराएको पाइएको छ ।