
खोटाङ, ८ भदौ । कार्यसम्पादन मापनमा जिल्ला विकास समिति खोटाङ अनुत्तीर्ण भएको छ । स्रोत परिचालन तथा वित्तीय व्यवस्थापनमा दश अङ्क ल्याउनु पर्नेमा नौ अङ्क ल्याएर अनुत्तीर्ण भएको हो ।
जिविस स्रोतका अनुसार बेरुजु फछ्र्यौट, लेखा परीक्षण र बेरुजु, योजनाको वार्षिक कार्यक्रमको सञ्चालन तालिका स्वीकृत नगराइएको लगायतका सूचक पूरा नगरेकाले अनुतीर्ण भएको हो । यसका ४६ वटा सूचक छन् ।
कार्यसम्पादन मापनमा अनुतीर्ण हु“दा बीस प्रतिशत अनुदान कटौती हुने छ । अघिल्लो आर्थिक वर्षको न्युनतम् शर्त तथा कार्य सम्पादन मुल्याङ्कन अन्तरगत कार्यसम्पादनमा जिविस अनुत्तीर्ण भएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो । “अब २० प्रतिशत अनुदान घट्छ ।” सापकोटाले भन्नुभयो, “तर थोरै मात्र घट्छ, अर्को वर्ष चाही त्यस्तो हुदैन ।”
न्यूनतम् शर्तमापनमा भने जिविस खोटाङ उत्तीर्ण भएको छ । अनुत्तीर्णको दोष कर्मचारी तथा जिल्लास्थित राजनीतिक संयन्त्रको भएको स्रोतको दाबी छ ।
आठ गाविस पनि अनुत्तीर्ण
जिल्लाको आठ वटा गाविस पनि न्यूनतम् शर्त तथा कार्यसम्पादन मापनमा अनुत्तीर्ण भएका छन् । जिल्लाको वाप्लुखा, सावाकटहरे, याम्खा, नेर्पा, महादेवस्थान, अर्खौले, खार्पा र बाक्सिला गाविस अनुतीर्ण भएको हो ।
यसमध्ये बाक्सिला र वाप्लुखा गाविसले न्यूनतम् शर्त कार्यसम्पादनका लागि कागज नै पेश नगरेकाले मुल्याङ्कन नै हुन नसकेकाले स्वतः अनुतीर्ण भएको जिविसले जनाएको छ । अर्खौले गाविसको बेलामा गाउ“ परिषद हुन नसक्दा अनुत्तीर्ण भएको जिविस स्रोतले जनाएको छ ।
न्यूनतम् शर्तका सात र मुल्याङ्कन मापनका १३ वटा सूचक पूरा नगरेकाले जिल्लाका आठ वटा गाविस अनुतीर्ण भएका हुन् । जिल्लाको ७२ गाविसमध्ये अन्य ६४ गाविस भने उत्तीर्ण भएका छन् ।
अघिल्लो आर्थिक वर्षको कार्यसम्पादनको आधारमा यो नतिजा आएको हो । अनुत्तीर्ण हुने गाविसको अनुदान कटौती हुने छ ।
यसको मुख्य जिम्मेवारी सम्बन्धित गाविस सचिव र स्थानीय राजनीतिक संयन्त्रले लिनु पर्ने हुन्छ । उनीहरुको हेल्चेक्र्याइले यस्तो नतिजा आएको स्रोतले जनाएको छ ।