भदौ–१३ । सामुदायीक बिकास सेवा केन्द्र खोटाङको भवन निर्माणकालागि निशुल्क जग्गा प्राप्त भएको छ । रतन्छाका कृषिबिज्ञ एबं समाजसेबी मदन राईले सामुदायीक बिकास केन्द्रको भवन निर्माणकालागि दिक्तेल नगरपालिका–५ रत्नपार्क नजिक आठ आना जग्गा निशुल्क दिएका हुन् ।

जग्गा दाता राईले हालसम्म भवन अभावमा रत्नपार्कस्थित पूरानो दिक्तेल गाबिसको भवनमा सञ्चालनहुँदै आएको केन्द्रको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिने केन्द्रका अध्यक्ष सनमान खड्काले बताए । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीको आग्रहमा राईले सामुदायीक बिकास केन्द्रलाई निशुल्क जग्गा दिएका हुन् ।

जग्गादाता राईले यसअघि नेपाल पत्रकार महासंघ, अपांग सेवा संघ, किरात राई यायोक्खा, सामुदायीक बन उपभोक्ता महासंघ, भुपु सैनिक संघ, महिला एकता अध्ययन केन्द्र, मानव अधिकारका लागि एकल महिला सञ्जाल लगायतलाई जग्गा दिइसकेका छन् ।