
भदौ–१४, खोटाङको च्यास्मीटार प्रहरीचौकीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । गस्तीकाक्रममा डिकुवा पुगेको प्रहरीको टोलीले बारुद भरेर तयारी अवस्थामा राखिएको दुई नाल बन्दुक बरामद गरेको हो ।
प्रहरी हवल्दार भक्त तामाङ नेतृत्वको टोलीले आईतबार डिकुवा–३ का बलुइका शत्रबहादुर राई र नारायणसिं राईको गोठबाट बन्दुक बरामद गरेको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताउनुभयो । प्रहरीलाई देख्ने बित्तिकै फरार रहेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाँदर तर्साउनकालागि सो क्षेत्रमा भरुवा बन्दुक पड्काउन प्रयोग गर्ने गरिएको स्थानीयको भनाई छ ।