भदौ–१६, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले एक आर्थिक वर्षको अवधिमा जिल्लामा १३ हजार थानभन्दा बढि पाल बितरण गरेको छ । रेडक्रसले आर्थिक वर्ष २०७१/०७२ को साउन–१ गतेदेखि असारमसान्तभित्रको अवधिमा बाढी पहिरो, आगलागी, भूकम्प लगायतका दैबी विपत्तीमा परेका सर्वसाधारणलाई १३ हजार ८३६ थान पाल बितरण गरेको हो ।
रेडक्रसको केन्द्रीय, क्षेत्रिय र शाखा कार्यालयको पहलमा खरिद गरिएको तथा बिभिन्न दातृनिकायवाट जुटाइएको राहतका खाद्य तथा गैर–खाद्य सामग्री प्रशासन, जिविस लगायतको सहकार्यमा प्रकोप प्रभाबित परिवारलाई वितरण गरिएको रेडक्रसले जनाएको छ । गत बैसाख–१२ गतेको भूकम्पका कारण यसवर्ष अधिक मात्रामा पाल, कम्बल, चामल, भाँडाकुँडा लगायतका सामग्री वितरण गर्नुपरेको रेडक्रसका सभापति कुमारसिं बस्नेतले बताए ।
पुःनर्वासकालागि भूकम्प पिडितलाई १५ हजार र जिन्सी सामग्री वितरण गर्दै रेडक्रस सभापति कुमारसिं बस्नेत । तस्बिरः हाम्रो खोटाङ डटकम |
रेडक्रसले प्रकोप प्रभाबितलाई १३ हजार ३० थान कम्बल, ६२ टन चामल, एक सय थान प्लाष्टिकका गुन्द्री, ५ हजार १७५ मिटर कपडा, ३ सय केजी चिउरा, १४० थान साडी, २० काटन चाउचाउ, १५० सेट भाँडा, ५ सय थान जेरीक्यान, ८६६ थान मेट्रेस, एक हजार थान ड्राइपर, हजार थान सेनीटरी प्याड, १० हजार ९९८ थान डिटोल साबुन र १ हजार ७२५ वटा पियूष बितरण गरेको जनाएको छ । रेडक्रसले वर्षभरी बितरण गरेको राहतका सामग्रीको तथ्यांक आर्थिक वर्ष समापन भएको केही महिनापछि सार्वजनिक गरेको हो ।
रेडक्रससँग अझै २ हजार ८९० थान पाल, १९० थान कम्बल, ७९ टन चामल, ५० सेट भाँडा, ६० थान साडी, १ हजार ८०० मिटर कपडा र २ हजार ८८० थान डिटोल साबुन मौज्दात रहेको सभापति बस्नेतले बताए ।