भदौ–२१, खोटाङको उत्तरी गाबिस बाक्सिलामा बिद्युतको सब–स्टेशन निर्माणका काम थालिएको छ । सदरमुकामबाट उत्तरी गाबिसका उपभोक्तालाई बिद्युत सेवा बिस्तार गर्ने लक्ष्यकासाथ बाक्सिला–९ सिमापानीमा सब–स्टेशन निर्माण गर्न लागिएको हो ।

बाक्सिला, बाँसपानी, सप्तेश्वर, ऐसेलुखर्क, सुंदेल, फेदी, जलेश्वरी, महेश्वरी, ज्यामिरे, दुबेकोल, डुम्रेधारापानी लगायतका दर्जन गाबिसमा बिद्युतको सहज आपुर्तीकालागि गाईघाट–दिक्तेल ३३ केभी बिद्युत प्रशारण लाईन अन्तरगत बाक्सिला सव–स्टेशन निर्माणको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।

जिल्लाको बुईपा र लिच्कीराम्चेस्थित बाघेढुंगामा निर्माण गरिएको सब–स्टेशन राम्ररी सञ्चालनमा आउनअघि नै बाक्सिलामा पनि तेश्रो सव–स्टेशन निर्माणको काम सुरु गरिएको हो । सब–स्टेशन निर्माणकालागि बाक्सिलामा ७ रोपनी जग्गा खरिद गरिसकिएको नेपाल बिद्युत प्राधिकरण शाखा दिक्तेलले जनाएको छ । प्राधिकरणका अनुशार खरिद गरिएको जग्गा शुक्रबार प्राधिकरणको नाममा पास गरिएको छ ।

आफ्नै क्षेत्रमा सव–स्टेशन बन्न लागेपछि स्थानीय उत्साहित भएको स्थानीय समिर राईले  बताउनुभयो ।