खोटाङ भदौ–१२,  ज्यान मार्ने उद्योगको मुद्धामा ५ बर्ष जेल सजाय सुनाईएका खोटाङका एक बृद्द चार बर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत भोजपुरले २०७१ जेठ २२ गते कैद सजाय सुनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानिमा शेर्पा पक्राउ परेका हुन् ।
 भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले कुटपिट गरेको मुद्धामा सजाय फैसला गरिएको शेर्पा यसअघि फरार थिए । शेर्पालाई जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।