खोटाङ, भदौ २८ । भ¥याङ नाट्या समुहले खोटाङ सदरमुकाम दिक्तेलमा ‘मान्छेको मन’ नामक नाटक मञ्चन गरेको छ ।
पछिल्लो समय सडक नाटक तथा हाँस्याव्यंग्या प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा स्थापना गरिएको नाट्या समुहले शनिबार र आईतबार स्टेजमा उत्रिएर सन्देशमुलक नाटक देखाएको हो । नाटकका माध्यमबाट जिल्लामा सचेतनामूलक सन्देश प्रबाह गर्दै आएको नाट्या समुहले दर्शकबाट शुल्क लिएर सदरमुकाम दिक्तेलस्थित जिबिसको हलमा महिला हिंसा सम्बन्धी नाटक सफलताकासाथ मञ्चन गरे ।
गत जेठ दोश्रो हप्ता मेम्बर राईको नाटकलाई रंगमञ्चमा उतारेको नाट्या समुहले दोश्रोपल्ट पनि उनकै नाटकलाई स्टेजमा उतारेको हो । नाटकमा छोराको नाममा हुन बहुबिवाह, महिलाले पाउने यातना, कुटपिट, अन्धबिश्वास लगायतका घरेलु हिंसालाई चित्रण गरिएको थियो । नाटक मञ्चनसँगै किरात राई साँस्कृतिक कलाकेन्द्रको नृत्य, स्थानीय गायक÷गायीकाको सांगीतिक प्रस्तुती एबं हाँस्याव्यांग्य प्रहसनले समेत दर्शकको मन जित्न सफल भएको छ । हलमा उपस्थित दर्शकको प्रतिक्रिया र प्रोत्साहनले थप उत्साह थपिएको भ¥याङ नाट्या समुहका कोषाध्यक्ष योगीन राईले बताए । ‘सिकारु कलाकारको प्रस्तुतीलाई नरुचाइएलान् भन्ने हामीलाई डर थियो,’ कोषाध्यक्ष राईले भने, ‘तर दर्शकले नाटक मन पराइदिनुभयो, हाम्रो उत्साह थपिएको छ ।’
नाट्य समुहका कलाकारहरु कुनै व्यवसायीक कलाकार होइनन् । उनीहरुमध्ये थोरै कलाकारले मात्र अभिनय सम्बन्धी आधारभुत ज्ञान लिएका छन् । तर, उनीहरुको कला अन्य व्यवसायीक कलाकारकोभन्दा फरक नभएको दर्शकले टिप्पणी गरे । ‘यही ठाउँमा यत्तीको कला देखाउन सक्नु कलाकार भाइहबिनिको ठूलो उपलव्धी हो,’ पुर्वसभाषद दुर्गाजयन्ती राईले भनिन्, ‘नाट्या समुहको प्रस्तुती प्रशंसायोग्य छ, आलोचना गर्ने ठाउँ छैन ।’ नाटकमा दर्शकले योगीन राई, प्रकाश रिजाल, राजेन्द्र ढुंगाना, सञ्जीव राई, यशोधा राई, देबी राई, मायाँ राई, पर्सना राई, सबिना राई र अञ्जना राईले आफ्नो कला देखाए ।
जिल्लामा नाटकलाई स्टेजमा उतार्ने र दर्शकलाई मनोरञ्जन दिने औपचारिक प्रयास शुन्य थियो । यसको अभाव अनि महत्वलाई मध्यनजर गर्दै जिल्लाका सिकारु कलाकारको समुहले केही समयअघि नाट्या समुह दर्ता गरेका हुन् । जिल्लामा हालसम्म प्रचलनमा नरहेको नाट्या बिद्यालाई शसक्त बनाउनका लागि नाट्या समुहलाई क्रियासिल बनाइएको अध्यक्ष प्रकाश रिजालले बताए । ‘जिल्लामा रंगमञ्च र ललितकलालाई प्रोत्साहित र स्थापित गराउनु हाम्रो मूल लक्ष्य हो,’ अध्यक्ष रिजालले भने, ‘कलाका माध्यमबाट हामी सिर्जनात्मक र सचेतनामूलक कामहरु गर्ने छौँ ।’