खोटाङ, असोज ३ । खोटाङमा बिभिन्न कार्यक्रम गर्दै नयाँ संविधानको स्वागत भएको छ । दिपावली, खुसीयाली जुलुस, मोटरसाईकल ¥याली लगायतका कार्यक्रम गर्दै नयाँ संविधानको स्वागत भएको छ । 
नयाँ संबिधान पाएकोमा अधिकांश जिल्लाबासीमा खुसीयाली छाएको छ । कांग्रेस निकट महिला संघ, तरुण दल र नेबिसंघले आईतबार साँझ दिक्तेलमा मोटरसाइकल ¥याली निकालेको छ । यस्तै, एमाले दिक्तेल नगर कमिटिले खुसीयाली ¥याली सहित दिपावली गरेको छ । एमाओबादीले भने आफ्नो भवनगैरास्थित कार्यालयमा दिपावली गरेको छ । संघीय समाजबादी फोरम, नेकपा माओबादी बैद्य समुह र नेकपा माओबादी चन्द समुहले आव्हान गरेको बन्दका कारण आंशिक प्रभाबित भएको दिक्तेलको साँझको वाताबरणमा हर्षोल्लास छाएको छ । 
टोल–टोलका स्थानीयबासीले समेत स्वतः स्फुर्तरुपमा नेपालको नक्सा, प्रदेशको नक्सा, राष्ट्रिय झण्डाको नक्सामाथि बत्ती बालेर दिपावली मनाइरहेका छन् । आईतबार साँझ दिपावलीका कारण सदरमुकामको चोक–चोक झिलीमिली भएको छ । संबिधानको स्वागतमा दिक्तेलका बिभिन्न स्थानका सडकबीचमै नेपालको नक्सा, राष्ट्रिय झण्डा, प्रदेशको नक्सां कोरिएका छन् । संबिधान घोषणा भएको खुसीयालीमा गाउँ–गाउँमा पनि स्वतःस्फुर्तरुपमा दिपावली मनाइरहेका छन् । 
सोमबार कांग्रेस, एमाले र एमाओबादीको आयोजनामा संबिधानको भव्य स्वागतको तयारी गरिएको छ । आईतबार साँझ संयुक्त बिज्ञाप्ती सार्वजनिक गर्दै दिपावली मनाएको तीन दलले सोमबार बिहान १० बजेपछि दिक्तेलबजारमा हर्ष ¥याली निकाल्ने र स्थानीय हेलीप्याडमा सबैको सहभागीतामा खुसीयालीसभा गर्ने, एकआसपमा शुभकामना आदानप्रदानको तयारी गरेको कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईले बताउनुभयो ।