खोटाङ, असोज ४, खोटाङ सदरमुकाम दिक्तेलमा व्यवसायीको घरमा बिष्फोटक पदार्थ राखिएको भेटिएको छ । दिक्तेल नगरपालिका–२ का राजेन्द्र लयालुका घर अगाडिको पेटीमा सोमबार बिहान तार जडान गरेर प्लाष्टिकको पोकोमा राखिएको डेटोनेटर बम फेला परेको हो । खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष रहेका लयालुको घरमा बिष्फोटक पदार्थ राख्ने व्यक्ती वा समुहको पहिचान हुन सकेको छैन । संविधान जारी भएको दोस्रो दिन आतंक फैलाउनकालागि बिष्फोटक पदार्थ राखिएको अनुमान गरिएको खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । डेटोनेटरलाई गहुँको पिठोमा तारसहित पोको पारेर लयालुको घर अगाडि राखिएको
खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुको घरको पेटीमा राखिएको बिष्फोटक पदार्थ । |
भेटिएको थियो । बजारमा बम भेटिएको हल्लाले स्थानीयलाई बिहानभर त्रसित बनाएको थियो । संबिधानको स्वगतमा सोमबार दिक्तेलमा कांग्रेस, एमाले र एमाओबादीको संयुक्त कार्यक्रमको तयारी भएको कार्यक्रमप्रति समेत विष्फोटक पदार्थ लक्ष्यीत गरिएको कतिपयको बुझाई छ । बिष्फोटक पदार्थ शेर गण मुढेका नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । पोको पारेर राखिएको संकास्पद बस्तु डेटोनेटर भएको यकिन भएपछि सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको हो । संकास्पद बस्तु भेटिएपछि प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो ।
आईतबार संबिधानको विपक्षी दलले आव्हान गरेको बन्दको अवज्ञा गराउन भूमीका खेलेका कारण अध्यक्ष लयालुको घरमा बिष्फोटक पदार्थ राखिएको अनुमान गरिएको छ । सदरमुकाममा रातभर प्रहरीको गस्ती टोली परिचालन भएकाले बिष्फोटक पदार्थ सोमबार बिहान ३ बजेपछि राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
बाणिज्य संघका अध्यक्ष लयालुको घरमा बिष्फोटक पदार्थ राखिएको घट्नाप्रति जिल्लाका उद्योगी व्यावसायी आक्रोशित बनेका छन् । बिरोधमा व्यवसायीले दिक्तेलमा बिरोध ¥याली निकालेका छन् । उनीहरुको बिरोध ¥याली त्रिबेणीचोकमा कोणसभामा परिणत भएको संघका महासचिव समुन्द्रप्रसाद जोशीले बताए । घरमा बिष्फोटक पदार्थ राखिएको घट्नाप्रति बाणिज्य संघले भत्र्सना र बिरोध जनाएको छ । संविधान घोषणा भएको खुसीयालीमा बन्दलाई अवज्ञा गरेका कारण आफ्नो घरमा बम राखेर तर्साउन खोजिएको अध्यक्ष लयालुले बताए । बन्दको आव्हान गरिए पनि उद्योग वाणिज्य संघले संविधान जारी भएको खुसीयालीमा ‘दिपावली गर्न’ व्यवसायीलाई आग्रह गरेको थियो ।
‘बाणिज्य संघको आग्रहमा व्यवसायीले बन्दका दिन पनि बजार पशल खुलाएको थियो,’ लयालुले भने, ‘त्यसपछि भोलि के–के हुन्छ यसको जिम्मेवार बाणिज्य संघ हुनुपर्छ भन्दै बन्दकर्ता हिँडेकै रात बिष्फोटक पदार्थ राखिएको पाईयो ।’
बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुको घरको पेटीमा राखिएको बिष्फोटक पदार्थ हेर्दै स्थानीय । |
घरको पेटीमा राखिएको बिष्फोटक पदार्थ डिस्पोजको तयारी गर्दै नेपाली सेना । तस्वीर: हाम्रो खोटाङ । |