खोटाङ, असोज ११, खोटाङको खार्मी–५ स्थित
जालपा निमाविमा ताला लाग्दा विद्यार्थीको पठन–पाठन अन्यौलमा परेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष श्याम राई र प्रधानाध्यपक मदन श्रेष्ठको
आन्तरिक कलहका कारण बिद्यालयमा ताला लाग्दा १५४ छात्राछात्राको पठनपाठन
अन्यौलमा परेको हो । 
दुईपक्ष
बीचको द्धन्द्ध बढ्दैजाँदा बिद्यालयको प्रशासन कक्षमा आईतबार
अनिश्चितकालिन ताला लागेको छ । व्यवस्थापन समितिका अध्यक्ष राईको
निर्देशनमा शिक्षक अभिभाबक संघका अध्यक्षका टंकबहादुर तामाङ नेतृत्वको
अभिभाबकले बिद्यालयमा ताला लगाएको अभिभाबकले बताएका छन् । प्रधानाध्यपक
श्रेष्ठ प्रशासन कक्षमा चाँबी हालेर हाजिरी पुस्तिका सहित असोज–१ गतेदेखि
बिद्यालय छाडेर हिँडेका कारण ताला लागेको व्यवस्थापन समितिका अध्यक्ष राईले
बताए । प्रशासन कक्षा थुनिएपछि त्यहाँ राखिएका अन्य कक्षा कोठाको चाँबी
समेत थुनिएको छ । 
आईतबार
बिद्यालयमा गएपनि ताला लागेका कारण बाहिरै कक्षा सञ्चालन गरिएको शिक्षक
धनकेसर राईले बताए । स्थानीयका अनुसार बिद्यालयको आर्थिक बिषयमा प्रअ र
व्यवस्थापन समितिको बिवाद चुलिँदै गएका कारण बिद्यालय लथालिंग अवस्थामा
पुगेको छ । कतिपय शिक्षकहरु बेलामा नआउने, आएपनि समय अगावै फर्कने,
बिद्यार्थी समेत मनलाग्दी आउनेजाने गर्नेगरेका कारण कहिल्यै ‘कोर्स’ पूरा
नहुने गरेको एक अभिभाबकले बताएका छन् । 
बिद्यालयमा
उपयुक्त शैक्षिक वाताबरण सिर्जना हुन नसक्दा बालबच्चाको भविष्य बिग्रिने
चिन्ताले अभिभाबक पिडित छन् । व्यवस्थापन समिति र प्रअ आ–आफ्नो ठाउँमा
चुस्तदुरुस्त नभएको पाइएको श्रोतव्यक्ति राजकुमार राईले बताए । प्रअ
श्रेष्ठमाथि २ लाख ५६ हजार बेरुजु देखिएको, बिद्यालयको आन्तरिक श्रोतलाई
चुस्तदुरुस्त नराखेको, शिक्षिका संगिता राईलाई तलवभत्ता नदिएको, दुई
वर्षदेखि अडिट नगराएको, समाजिक लेखापरक्षिण नगराएको आरोप छ । 
यस
बिषयमा प्रतिक्रिया लिन खोज्दा प्रअ श्रेष्ठसँग सम्पर्क हुन सकेन । तलवको
माग गर्दै बिद्यालय र व्यवस्थापन समितिमा संगीताको उजुरी परेपछि प्रअ
श्रेष्ठ बिरुद्ध भदौ–२ गते जिल्ला प्रशासन कार्यालयमा व्यवस्थापन
समितिकैतर्फबाट उजुरी परेको थियो । बैसाख–१ गतेदेखि साउन–६ गतेसम्मको
अवधिमा एक हप्ता मात्र बिद्यालय खुलाएको भन्दै साउन–२९ गते बसेको अभिभावकको
भेलाले श्रेष्ठलाई कारबाहीकालागि प्रसासनमा उजुरी दिएको थियो ।