
काठमाडौं, ११ असोज । नेकपा एमाले एमाले खोटाङ काठमाडौँ सम्पर्क मञ्चको नयाँ कमिटी गठन भएको छ ।
मञ्चको काठमाडौंमा सम्पन्न १२ औं सम्मेलनले मिलन श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा अर्जुनभक्त राई, सचिव जनक प्रसाद दाहाल, उपसचिव नवराज रोका, कोषाध्यक्ष कविता राई चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा दुर्गादेवी पोख्रेल, राहुल राई, शिव घिमिरे, नरेन्द्र ढकाल, प्रकाश लुईटेल, दान बहादुर बिष्ट, कल्पना कार्की, इन्द्र राई, मिन तामांग, रेवती पराजुली, रोमी थापा, चूडामणि पराजुली, सन्तोष दाहाल, भक्त थापा चयन भएका छन् ।