खोटाङ, असोज १२ । राजनैतिक भागबण्डामा गैरसरकारी संस्था महासंघ खोटाङको कार्य समिति बनाइएको भन्दै कतिपय गैससकर्मीले असन्तुष्टी जनाएका छन् । 
गैरसरकारी संघसंस्थाहरुको हकहितमा स्थापित महासंघमा दलको भातृ संगठनमाझैँ राजनिती भएकोमा स्वतन्त्र प्रतिनिधिहरु बढि असन्तुष्ट बनेका हुन् । महासंघको अधिबेसनमा पार्टीको भातृ संगठनको झल्को आएको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । गैर–सरकारी संस्थाको मूल्य मान्यता, आचारसंहिता, बिधि र बिधान विपरित राजनैतिक भागबण्डाको आधारमा महासंघ बनाइएको उनीहरुको दाबी छ । महासंघमा भएका राजनैतिक भागबण्डाले जिल्लाको हित नगर्ने जनसेवा समाज जालपाका अध्यक्ष दानबहादुर राईले बताए । 
‘अधिबेसनमा गैससको आचारसंहितालाई लत्याइएको छ, महासंघलाई राजनिती गर्ने थलो बनाइएको छ, यो दुर्भाग्य हो,’ जनसेवाका अध्यक्ष राईले भने, ‘कम्तीमा पार्टी सदस्यता लिएका व्यक्ति महासंघबाट टाढा भए बेस हुन्थ्यो, यसले स्वयं गैरसरकारी संस्थालाई समेत फाइदा गर्दैन ।’ अधिबेसनमा पार्टीकै निर्देशन लाद्न खोजिएपछि अधिबेसन छाड्नुपर्ने अवस्था आएको नवयुवा फुलपाती सेवा समाज पाथेकाका अध्यक्ष धनप्रसाद गिरीले बताए ।

यसैसंग सम्बन्धित समाचार