खोटाङ, असोज–१३, अनेरास्वबियु खोटाङले भारतको अघोषित नाकाबन्दीको बिरोध गरेका छन् । अन्र्तराष्ट्रिय सहमती बिपरित बिभिन्न स्थानमा नाकाबन्दी गरेको भन्दै अनेरास्वबियुले बुधबार बिहान दिक्तेल बहुमुखी क्याम्पसमा बिरोधसभा गरेको हो । भारतले नेपालको स्वतन्त्रता र आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गरेकाले बिरोधमा उत्रनुपरेको अनेरास्वबियु खोटाङका अध्यक्ष ओमप्रकाश घिमिरेले बताए । अघोषित नाकाबन्दी नहटाइए भारतबिरुद्धको आन्दोलन थप शसक्त बनाउने अनेरास्वबियुले जनाएको छ ।
नेपालको स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न दवाव स्वरुप असोज–९ गते सदरमुकाम दिक्तेलमा युवा संघसँग मिलेर भारतीय प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएर कालो मोसो दलेको अनेरास्वबियुले नाकाबन्दी जारी राखेको भन्दै बिरोधसभा गरेको हो । ब्रिटिस साम्राज्यबाद बिरुद्ध लडेझैँ पुःन भारतीय साम्राज्यबाद बिरुद्ध लड्नुपर्ने अवस्था आएको अध्यक्ष घिमिरेले जनाए । भारतको इसारामा केही दलले ‘नाकाबन्दी आफुले गरेको’ भन्दै भारतको बचाउ गरिरहेकोप्रति अनेरास्वबियुले आक्रोश पोखेको छ ।