लिला निरौला /खोटाङ                   

भदौ–१५, वेदेशिक रोजगारीलाई सुरक्षित उपलब्धिमूलक बनाउने उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित सितला मावि खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम सचालन गरिएको हो । 
पहिलो र दोस्रो गरी दुई चरणमा हालै सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा वैदेशिक रोजगार सम्बन्धी जानकारी गराईकएको थियो । पहिलो चरणमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा परामर्श केन्द्रले प्रदान गर्ने सेवा सुविधा, वैदेशिक रोजगारी र नेपालको वर्तमान अवस्था, कागजपत्रको महत्व, विदेश जादा ध्यान दिनुपर्ने कुराहरु तथा वैदेशिक रोजगारको फाइदा–वेफाइदावारे जानकाारी गराईएको थियो । 
कार्यक्रमका दोश्रो चरणमा भने महिला कामदार सम्बन्धी जानकारी तथा अतिरितm क्रियाकलापखन्तर्गत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरीजवाफ प्रतियोगितामा क्रमश : भिषण कट्वाल, कुमार भुजेल र मञ्जु भट्राईको समुह,  अमिता भुजेल, जनक भट्टराई  र रितेश परियारको समुह र युवराज खतिवडा,प्रकाश गजमेर तथा रोशना राईको समुह प्रथम, दोस्रो र तेस्रो वन्न सफल बनेका छन् ।  
विद्यार्थीहरुले  वैदेशिक रोजगार सम्बन्धी सोधिएका प्रश्नहरुको ८० प्रतिशत सशी उत्तर दिएका थिए ।  कार्यक्रम  पश्चात सहभागी विद्यार्थीहरुले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सुचना तथा जानकारीहरु गाउँटोलमा गएर सुचना जानकारी दिने र वैदेशिक रोजगारमा जान लागेकाहरुलाई सुचना केन्द्रमा पठाउने प्रतिबद्धता गरेका छन् ।