असोज–२३, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको आयोजनामा भएको जिल्ला विपत प्रतिकार्य समूह तालिम समापन भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघको सहयोगमा सञ्चालित कोशी बेशिन कार्यक्रमको आयोजनामा सञ्चालन भएको ६ दिने तालिम बिहिबार समापन भएको हो ।

भविष्यमा आइपर्ने सम्भावित दैबी तथा प्राकृतिक विपतका बेला स्फियर परियोजना मापदण्ड अनुसार प्रतिकार्य गर्न सक्षम जनशक्ती उत्पादनकालागि तालिम सञ्चालन गरिएको रेडक्रसले जनाएको छ । असोज–१६ गते देखी २१ गतेसम्म सञ्चालित तालिममा रेडक्रस शाखाका सदस्य र स्वयमसेवक गरि ६ जना, दिक्तेल, बाम्राङ, खाल्ले, चिउरीडाँडा, च्यानडाँडा, बाहुनीडाँडा र बडहरे उपशाखा बाट १÷१ जना, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल हलेसी गुल्म र शेर गण मुढे ब्यारेक बाट १÷१ जना, सामुदायिक विपत ब्यवस्थापन समिति बाहुनीडाँडाबाट २ जना र बडहरेबाट ३ जना, बाहुनिडाँडा र बडहरे गाबिस सचिब १÷१ जना गरि २५ जना प्रशिक्षार्थीले तालिम लिएका छन् ।

तालिममा सहभागीले बुधबार दिक्तेल स्थित स्थानिय हेलिप्याडमा विपतका बेलामा उद्धार तथा राहत बितरण सम्बन्धी कला प्रदर्शन गरेका थिए । सो सिमुलेसन प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी नायव उपरिक्षक, नगर प्रमुख लगायत विभिन्न राजनितिक दलका नेता तथा प्रतिनिधीहरुले अवलोकन गरेका थिए । तालिममा रेडक्रस केन्द्रीय कार्यालयबाट आएका तालिम संयोजक शेखर रेग्मी, प्रशिक्षकहरु कल्पना अर्याल, सन्तोष न्यौपाने र निर्जला केसी थापाले सहजीकरण गरेको रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतले बताउनु भयो ।

तालिम समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण वितरण गरिएको थियो भने सहभागीको तर्पmबाट प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । शाखाका सभापति बस्नेतको सभापतित्वमा भएको कार्यक्रम सहायक जिल्ला अधिकारी अर्जुन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सम्बन्धित फोटोहरु