खोटाङ, असोज–२४, पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेकामा एमाले दिक्तेल नगर कमिटिले आईतबार साँझ दिपावली गरेको छ । शुशिल कोइरालाईलाई पराजित गर्दै अध्यक्ष ओली प्रधानमन्त्री बनेको खुसीयालीमा एमाले दिक्तेल नगर कमिटिले सदरमुकाम दिक्तेलका चोक–चोकमा मैनबत्ती बालेर दिपावली गरेको हो ।

दिक्तेलका हाटडाँडा, त्रिबेणीचोक, संगमपार्क, भवनगैरा, रत्नपार्क लगायतका मूख्या–मूख्या चोकको सडकमा बत्ती बालेर दिपावली गरिएको एमाले नगर कमिटिका संयोजक गोपाल आचार्यले बताउनु भयो । पार्टी अध्यक्ष प्रधानमन्त्री बनेको खुसीयालीमा दिपावली गर्न नगर कमिटिले सम्बन्धित क्षेत्रका कार्यकर्तालाई निर्देशन दिएको थियो ।

ओलीको नयाँ संबिधान कार्यान्यन, भारतको अघोषित नाकाबन्दी खुल्ला, सहमतीको सरकार निर्माण लगायतका जिम्मेवारी पूरा होस् भन्ने कामनामा दिपावली गरिएको आचार्यले बताउनु भयो ।