पाक्न लागेका धान असिनाले हिर्काएर झारिदिएपछि नेर्पाका ५९ पिडित किसानले क्षतीको अनुगमन मूल्यांकन गरी उचित राहतको व्यवस्था गर्न शुक्रबार कृषि कार्यालय र जिल्ला दैबीप्रकोप उद्धार समिति समक्ष माग राखेका छन् ।
मूख्य बालीकारुपमा लगाइएको धान असिनाले नष्ट बनाइदिएकाले गाउँमा भोकमरीको त्रास बढेकाले राहत माग गर्दै सदरमुकाम आएको स्थानीय शिक्षक जेपी आचार्यले बताउनुभयो । असिनाले ५९ किसानको अनुमानित ६१५ मुरी धान नष्ट बनाएको प्रारम्भिक अनुमान गरिएको शिखर जनउत्थान कृषक समुह नेर्पा–८ का अध्यक्ष कृष्णप्रसाद बास्तोलाको भनाई छ । असिनाले कोदो, करेला, सागपात, मुला लगायतका बालीनाली समेत बिनास गरेको छ ।
भारी वर्षासँगै परेको असिनाले नेर्पाबाहेक पाथेका, खार्मी, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडा लगायतका गाबिसमा अन्नबाली बिनास गरेको जानकारी आएको कृषि बिकास कार्यालय खोटाङका बरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनु भयो । असिनाले पु¥याएको क्षतीको बिस्तृत अध्यायन र तथ्यांक संकलनकालागि शुक्रबार प्राबिधिकको टोली प्रभाबित क्षेत्रमा पठाइएको कार्यालयले जनाएको छ ।