खोटाङ, मंसिर ३ । खोटाङमा सातौं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङ र जिल्ला खेलकुद विकास समिति खोटाङको आयोजनामा गत कार्तिक–२३ र २४ गते पुरुष तथा महिलातर्फको सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको हो ।
६८ वटा पदककालागि भएको प्रतिष्पर्धामा १५ स्वर्ण, १५ रजत र २३ काँस्य पदक प्राप्त गर्दै दिक्तेल डोजो प्रथम, २ स्वर्ण, १ रजत र २ काँस्य पदक सहित जालपा डोजो दोश्रो तथा १ रजत र ७ कास्य पदक हात पार्दै अर्खौले डोजोले तेश्रो स्थान प्राप्त गरेको छ ।
सितोरियो कराँते प्रतियोगीतामा प्रतिष्पर्धा गर्दै खेलाडी ।
|
माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा महिलातर्फ २० केजी समुहमा साईना राई प्रथम र अरुणा राई दोश्रो, २५ केजी समुहमा अरुणा राई प्रथम, बिनीता रसाइली दोश्रो र निशा राई तेश्रो, ३० केजी समुहमा सलिना भुजेल पहिलो, ईश्वरी राई दोश्रो तथा प्रभा परियार र अस्मिता परियार तेश्रो भएकी छन् । यस्तै, ३५ केजी समुहमा एलिना राई प्रथम, सरु बिष्ट दोश्रो र अनिता राई तेस्रो, ४० केजी समुहमा नन्जु राई प्रथम, मीना बुढाथोकी दोश्रो, अनिता मगर र समिता मगर तेश्रो, ४५ केजी समुहमा रोश्मा राई प्रथम, अस्मिता राई दोश्रो, प्रस्तुती राई र रचना राई तेश्रो, ५० केजी समुहमा जस्मिना राई प्रथम, कृष्चना खड्का दोश्रो, लिला राई र निरुता राई तेश्रो, ५५ केजी समुहमा बिद्यकला राई प्रथम, प्रिया राई दोश्रो, मिसडोना राई र सोना राई तेश्रो भएका छन् । महिला एकल काँतातर्फ जस्मिना राई प्रथम, रोश्मा राई दोश्रो, बिद्याकला राई र इश्वरी राईले तेश्रो स्थान प्राप्त गरेकी छन् ।
यस्तै, पुरुषतर्फ २५ केजी समुहमा सुर्यचन्द्र राई प्रथम, संयोग भुजेल दोश्रो, लक्ष्मण राई र मन्दीप अधिकारी तेश्रो, ३० केजी समुहमा अशोक राई प्रथम, प्रशान्त राई दोश्रो, जोनिश श्रेष्ठ र गणेश राई तेश्रो, ३५ केजी समुहमा उत्साह राई प्रथम, रोशन श्रेष्ठ दोश्रो, मनिराज राई र आयूसेक आचार्य तेश्रो, ४० केजीमा सरोज दाहाल प्रथम, बिकल राई दोश्रो, सौगात निरौला र अग्निस राई तेश्रो भएका छन् । ५० केजी समुहमा गौतम राई प्रथम, सुजन राई दोश्रो, अजय राई र अनिल मगर तेश्रो, ५५ केजीमा सुजन राई प्रथम, तपिन्द्र राई दोश्रो, प्रजेश राई र भैरब राई तेश्रो, ६० केजीतर्फ एडिसन राई प्रथम, प्रकाश खत्री दोश्रो, राहुल राई र ईश्वरधन राई तेश्रो भएका छन् । पुरुष एकल काँतामा सुर्यचन्द्र राई प्रथम, अर्जुन श्रेष्ठ दोश्रो, सरोद दाहाल र उत्साह राई तेश्रो भएको आयोजकले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयकी उप–सचिव शुशिला अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सातौँ राष्ट्रपति कपको राष्ट्रिय प्रतियोगीतामा करातेतर्फका पदक बिजेता बिद्याकला राई, अर्जुन श्रेष्ठ, रोशन गुरुङ र प्रशिक्षक मिलन कसजूलाई सम्मानपत्र तथा नगदले सम्मान गरिएको छ । सोही कार्यक्रमको अवशरमा जिल्ला खेलकुद बिकास समितिका पुर्वपदाधिकारीहरु बिनोद उदास, लिलाकुमार बजीमय, सगुन ताम्राकार, दिपेन्द्र राई, मनकुमारी रसाइली, माधव राई सहित तेक्वान्दो खेलाडी डार्बिन राई, तेक्वान्दोका स्वयंसेवक प्रशिक्षक युवराज राई, भलिबल खेलाडी दिपेन्द्र राईलाई सम्मान गरिएको छ ।
यस्तै, दिक्तेल नगरपालिका र सितोरियो कराते संघले राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगीताबाट स्वर्ण पदक दिलाउने बिजेतालाई तीन हजार तथा राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगीताका स्वर्ण पदक बिजेता खेलाडीलाई ६ हजारका दरले पुरस्कृत गरेको छ । अन्र्तराष्ट्रिय रेफ्रीद्धय पृथीबहादुर श्रेष्ठ र श्याम सुनुवारको उपस्थितिमा प्रतियोगीता भएको हो ।
सितोरियो संघका अध्यक्ष सञ्जयकुमार राईको संयोजकत्व एबं सितोरियो कराते प्रशिक्षक बिचारी तामाङको सभापतित्वमा प्रतियोगीता आयोजना गरिएको थियो । अन्र्तराष्ट्रिय रेफ्रीको उपस्थिति भएको अवशरमा संघले एक दिने रेफ्री सेमीनारको आयोजना गरेको जनाएको छ ।
क्षेत्रीय खेलकुद प्रतियोगीताका लागि खेलाडी छनौट
क्षेत्रीय खेलकुद प्रतियोगीतामा सहभागीताकालागि खोटाङबाट सितोरियोतर्फका खेलाडी छनौट गरिएको छ । जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतासँगै क्षेत्रीय प्रतियोगीतामा सहभागीताकालागि सितोरियो खेलाडीहरु छनौट गरिएको हो । प्रतियोगीतामा सहभागीताकालागि महिला कोमुतेतर्फ ४५ केजी समुहमा रोश्मा राई, ५० केजी समुहमा बिद्याकला राई, ५५ केजी समुहमा प्रिया राई, ६१ केजी समुहमा चन्द्रकला राई, ६८ केजीमा नबिना राई र ६८ प्लस समुहमा लक्ष्मी श्रेष्ठ छनौट भएका छन् । महिला एकल काँतातर्फ भने रोश्मा राई तथा टिम काँतातर्फ रोश्मा राई, जस्मिना राई र बिद्याकला राई छानिएकी छन् ।
यस्तै, पुरुष कोमुतेतर्फ ५० केजी समुहमा गौतम राई, ५५ केजी समुहमा नबिन राई, ६० केजी समुहमा सन्तोष राई, ६८ केजी समुहमा मिलन कसजू, ७५ केजी समुहमा राकेश राई र ८४ केजी समुहमा सञ्जयकुमार राई छनौट भएका छन् । एकल काँतातर्फ मोतीचन्द्र राई तथा टिम काँतामा मोतीचन्द्र राई, सुमन राई र नबिन राई छानिएका छन् ।