खोटाङ, मंसिर ६ । हरिवोधनी एकादसीको अवसरमा खोटाङको पर्यटकीयस्थल बराहपोखरीमा ठूलो मेला लागेको छ ।

 बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट आएका दर्शनार्थीको बाक्लो घुँईचो लागेको छ । बराहपोखरीमा बिशेषगरी हरिवोधनी एकादसीको दिन र त्यसको अघिल्लो रात ठूलो मेला लाग्ने गरेको महन्त गोविन्द गिरीले वताउनुभयो ।

३३० मिटर लम्वाई र २१० मिटर चौडाई भएको पोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता अनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीहरुको भिड लाग्ने गर्दछ ।
यसैबीच, हरिबोधनी एकादशीको अवशरमा पुर्वको पशुपति मानिने हलेसीमा पनि बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड लागीरहेको छ ।