

कार्यक्रममा उनले समाज सेवा जो कोहीले गर्न नसक्ने भन्दै यस्तो कार्य गर्न गाह्रो भएपनि सबै मिलेर गर्न आवश्यक रहेको औल्याए । उनले उक्त संस्थालाई आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सरकारले गर्ने काम गर्दा पनि सहयोग मिलेन
एकीकृत सिर्जनशिल समाज नेपालका उपाध्यक्ष भिम बहादुर रोका मगरले सरकारले गर्नुपर्ने काम आफूहरुले गरेको तर सहयोग भने नमिलेको गुनासो गरे ।
अनाथ असहाय, द्धन्द्ध पीडित र भूकम्पबाट अभिभावक गुमाएका बालबालिकालाई हामीले शिक्षा दिक्षा दिईरहेका छौं उपाध्यक्ष उनले भने, यो काम सरकारले गर्नुपर्ने हो गरेन, अहिले हामीले गरिरहेका छौं तर सहयोग पाइएन ।
आफ्नो संस्थाको उद्देश्य विशुद्ध बालबालिकाको भविष्य उज्यालो बनाईदिने भएको भन्दै उनले राजनीतिक दल र सरकारबाट सहयोग नमिलेको जनाए । ९ जना महिलासहित २१ जना बालबालिकाको सेवा गरिरहेको बताउँदै उनले बालबालिकाको भविष्य बनाईदिन सहयोग गरिदिन आग्रह गरेका छन् ।
संस्थाका सचिव इन्द्र हाङ राईले पनि युवाहरु मिलेर बालबालिकाको सेवा गरिरहेको बताए । विभिन्न व्यक्तिहरुको साथ सहयोगबाट नै बालबालिकाको सेवा गरिरहेकाले सहयोगको खाँचो रहेको उनले जनाए ।
उच्च शिक्षासम्मको शिक्षामा जोड
कार्यक्रमका सहभागीहरुले निस्वार्थ र पारदर्शी तवरले समाज सेवा गर्दा सफलता मिल्नेमा जोड दिएका छन् ।
हङकङमा नेपाली विद्यार्थीहरुको शैक्षिक विकासका क्षेत्रमा सक्रियअमोद राईले बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ भनेर आफूले बुझेर बालबालिकाको शिक्षाको गुणस्तर बढाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले बालबालिको गुणस्तरीय शिक्षा र उच्च शिक्षाका लागि आफूले विशेष सहयोग गर्ने समेत बताए ।
कुनै पनि विदेशमा रहेको नेपालीले सहयोग गर्न चाहे पनि सहयोग गरेका कुनै पनि व्यक्ति उच्च शिक्षासम्म जान नसकेकोमा उनले चिन्ता समेत व्यक्त गरे ।
ब्रिटिस गोर्खा कलेजका प्रिन्सिपल हिमल सेर राईले अनाथ असहाय तथा द्धन्द्ध पीडित बालबालिकाको भविष्यका लागि सबै सहयोग गर्नुपर्ने जनाए । उनले त्यस्ता बालबालिकाको शिक्षा दिक्षामा सबै मिलेर अघि बढ्नुपर्ने र राज्यले हात अघि बढाउनुपर्ने बताए ।
कार्यक्रमका अन्य सहभागीहरुले बालबालिकाको सेवामा कार्यरत संघसंस्थालाई राज्यले सहयोग गर्नुपर्ने बताए ।