मंसिर ९ । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले फुटबल खेलाडीलाई पुरस्कृत गरेको छ।
वित्तीय कारोबारबाहेक कृषिजन्य वस्तुको सङ्कलन तथा बजार व्यवस्थापनसहित बुधबार उद्घाटन गरिएको सहकारीले दिक्तेल–१ का फुटबल खेलाडी शैलेन्द्र बजिमयलाई पुरस्कृत गरेको हो।
गत कात्तीक–२ गते सम्पन्न ‘दिक्तेल नगरपालिका कप–२०७२’ मा म्यान अफ द टुर्नामेन्टको उपाधी जितेका बजीमयलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीले बताए। सहकारी उदघाटनका अवशरमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद भट्ट र प्रहरी नायब उपरीक्षक बिद्यानन्द माझीले खेलाडी बजीमयलाई नगद ५ हजार ५ सय सहित पुरस्कार प्रदान गरेका थिए।
नगरकपकाक्रममा सहकारीले म्यान अफ द टुर्नामेन्टका बिजेतालाई सम्मान गर्ने घोषणा गरेको थियो । ‘खेल क्षेत्रमा प्रोत्साहनकालागि खेलाडीलाई पुरस्कृत गरिएको हो’, सहकारीका अध्यक्ष जोशीले भने, ‘सहकारीमार्फत युवाले रोजगारीकै लागि बिदेसिन नपरोस् भन्ने सन्देश दिन चाहेका हौँ।’
बचत संकलन, कर्जा लगानी बाहेक कृषिका सहकारी पशल, उत्पादलशिल क्षेत्रमा लगानी, हलेसी–दिक्तेलको पर्यटन प्रबद्र्धनका नारासहित सहकारी सुरु गरिएको जोशीले जनाए ।