खोटाङ, मंसिर–१०, खोटाङ सदरमुकाम दिक्तेलमा लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले सेवा सुरु गरेको छ । सहकारीले बित्तिय कारोबार बाहेक स्थानीय उत्पादन, कृषिजन्य बस्तुको संकलन तथा बजार व्यवस्थापन सहितका सेवा सुरु गरेको हो । 
लालुपाते सहकारी संस्थाको कार्यालय उदघाटन गर्दै प्रजिअ रुद्रप्रसाद खड्का ।
जिल्लामा बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पशल, उत्पादनशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर बुधबारदेखि सेवा प्रबाह सुरु गरेको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीले बताउनुभयो । गाउँ–गाउँमा उत्पादित तरकारीको बजार व्यवस्थापनकालागि सहकारीले पहिलो प्राथमिकता दिने संस्थाले जनाएको छ । 
प्रतिनिधिमार्फत संकलित ताजा तरकारीलाई संकलन केन्द्रमा जम्मा गरेर बिक्रीवितरणको व्यवस्था मिलाइने सहकारीले जनाएको छ । यसबाहेक अगरबत्ती, साबुन, मैनबत्ती, चाउमिन लगायतका स्थानीय उत्पादन गर्ने तयारी गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद भट्टले बुधबार रिबन काटेर सहकारीको कार्यालय उदघाटन गर्नुभएको हो । 
आफ्नो कार्यालय उदघाटनका अवशरमा सहकारीले दिक्तेल नगरकप–२०७२ का ‘म्यान अफ द टुर्नामेन्ट’का बिजेता शैलेन्द्र बजीमयलाई नगद ५ हजार ५ सय सहित पुरस्कृत गरेको छ । 

 तस्बिरः हाम्रो खोटाङ डककम