गजल
नेताहरुको आवाज पनि फेरीने भो अब
देशमा के के हुन्छ को नि हेरिने भो अब ।

चर्किएको आन्दोलनले व्यतित छ देश
पूर्व पश्चिम उत्तर दक्षिण नाका घेरिने भोअब ।

ज्युदै मर्ने भए जब गरिब जनताहरु सबै
भोक मरीले पुरै देश नेपाल बेरिने भो अब ।

चुलो बल्नै छाड्यो ग्यास भए पो बल्थ्यो
दाउरा पनि सकियो मन्त्रीलाई केरिने भोअब ।

तराई सबै अन्धकार छ बन्द र हड्ताल छ
नेपालीले नेपाली कै घाटी सेरिने भो अब ।

          कबिराज मगर
      दिप्लुङ १ केराबारी
             खोटाङ