![Hamrokhotang](https://hamrokhotang.com/wp-content/uploads/2020/04/Hamrokhotang-696x418.jpg)
पावर युनिटमा देखिएको समस्या समाधानका कारण नेपाल टेलिकमको क्षेत्रीय कार्यालय बिराटनगरबाट सामान ल्याएर फेरेपछि आईतबार बेलुकाबाट मोवाइल सेवा सुचारु भएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले जानकारी दिनुभयो । साहका अनुसार टावरमा आवश्यक सामाग्री टाढाबाट ल्याउनुपर्ने भएकाले लामो समयसम्म मोवाइल सेवा अवरुद्ध भएको हो ।
मोवाइल सेवा सञ्चालनमा आएपछि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने काहुले, चिप्रिङ, लिकुवापोखरी, ईन्द्रणीपोखरी, वाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देविस्थान, पौवाशेरा, फाक्टाङ, बाराहापोखरी, सुन्तले लगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही गाविसका सेवाग्राही हर्षित भएका छन् । लामो समयदेखि अवरुद्ध मोवाइल सेवा सञ्चालनमा आएपछि सेवाग्राही हर्षित भएका हुन् ।
होङ्मापोखरीमा जडान गरिएको टावरमा आएको खराबीका कारण गत असारदेखि दक्षिणी क्षेत्रमा सञ्चालित सिडीएमए र जियसएम मोवाइल सेवा अवरुद्ध थियो । दक्षिणी क्षेत्रमा यसअघि पनि पटक–पटक यस्तो समस्या आउने गरेको काहुलेकी अनिता राईले जानकारी दिनुभयो ।