खोटाङ २२ मंसिर । नयाँ संविधानको प्रचारका लागि खोटाङमा प्रभातफेरी निकालिएको छ । ‘जनताको संबिधान जनतामाझ’ भन्ने नारासहित सोमबार सुरु भएको राष्ट्रव्यापी प्रचार अभियानकाक्रममा सदरमुकाम दिक्तेलमा प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा राजनैतिक दल, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीतामा रहेको थियो । राष्ट्रव्यापी प्रचार अभियान अन्तरगत जिल्लामा पनि महिना दिनसम्म संबिधानका विषयमा प्रचारका कार्यक्रम गरिने स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । कार्यन्वयनका लागि नयाँ संबिधान गाउँ–गाउँमा पु¥याउने र संबिधानका बिषयमा आफुले बुझेका बिषय सर्वसाधारणलाई बुझाउनमा एक महिने अभियान केन्द्रित रहने पाण्डेले जानकारी दिनुभयो ।
जिबिसको प्रांगणबाट सुरु भएको प्रभातफेरी त्रिबेणीचोक, बैंकचोक हुँदै भानुचोकबाट फर्किएर समिक्षालय हलमा सभामा परिणत भएको थियो । कार्यक्रममा कांग्रेस महासमिति सदस्य रबिप्रकाश राई, एमालेका उपाध्यक्ष राम दंगाल, एमाओबादीका अध्यक्ष देवान किराती, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, राप्रपाका अध्यक्ष ललितकुमार राई, संघीय समाजबादी फोरमका अध्यक्ष सुर्यबहादुर राई, नेकपा मालेका संयोजक मिनप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले संबिधानको सकरात्मकपक्षलाई जनतामाझ पु¥याउन जोड दिनुभयो ।