खोटाङ, ३ पुस । जोगी हुँ भन्ने बेवारिसे व्यक्तिको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको छ । हप्ता दिनअघि सदरमुकाम दिक्तेलमा आएका उनको शुक्रबार दिउसो उपचारको क्रममा मृत्यु भएको हो ।
दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा बिरामले थलिएका उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङले उपचारको लागि शुक्रबार बिहान अस्पताल भर्ना गरेको थियो । अन्दाजी ४०÷४५ वर्षको उमेर देखिने आर्यान अनुहारको मृतकको शव जिल्ला अस्पताल खोटाङको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।
भोजपुरको दिङ्ला घर बताउने उनले फेरी लगाउँदै दिक्तेल आएको बताएको दिक्तेल नगरपालिका–२ का राजन केसीले बताउनुभयो । दिक्तेल आउनेक्रममा आफू बिरामी भएपछि साथीहरुले छाडेको मृतकले बताएको केसीको भनाइ छ ।