
खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।
गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको अध्यक्ष कृष्णकुमार राईले वताउनुभयो । सुरक्षित आप्रवासन परियोजना(सामी) विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत निर्वाचित जनप्रतिनिधिहरुसँग गरिएको अन्र्तक्रियात्मक छलफलमा आफ्नो गाउँपालिकावाट उल्लेख्य युवाहरु वैदेशिक रोजगारीका क्रममा रहेको र अधिकांश जाने सोंचमा रहेको सहभागीले जनाएका थिए ।
सहभागी जनप्रतिनिधिहरुले गाउँपालिकाका सवै वडा तथा टोलहरुमा सुरक्षित वैदेशिक रोजगार सम्वन्धी सचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएका छन् ।
उक्त कार्यको लागि आर्थिक वर्ष २०७५÷०७६ मा ५ लाख ५० हजार रुपंैया वजेट विनियोजन समेत गरिसकेको गाउँपालिकाको अध्यक्ष राईले जनाउनुभएको छ । वैदेशिक रोजगार सम्बन्धीको सूचना तथा जानकारीहरु सम्भावित आप्रवासी र तिनका परिवारसम्म स्वस्फुर्त पु¥याउने समेत निर्वाचित जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।
अन्र्तक्रिया कार्यक्रममा सामी परियोजनाले जिल्लामा गरेका काम र आगामी कार्ययोजनाको बारेमा पनि छलफल गरेको थियो ।