खोटाङ, पुस ६ । महिला तथा बालबालिका कार्यालय खोटाङकी महिला विकास निरीक्षक भुवन राई ईन्टग्रिटी आईडल–२०१५ को टप फाईभमा पर्नु भएको छ । 
नेपाल सरकारको निजामती कर्मचारी र शिक्षक÷शिक्षीकाहरुमध्ये मुलुकभरबाट भुवन टप फाईभमा पर्न सफल हुनुभएको हो । दिप्लुङ–४ की राईलाई पर्याप्त भोट प्राप्त भए ईन्टग्रिटी आईडल घोषित हुने अवशर पाउने हुनेछ । ईन्टग्रिटी आईडलको पाँच प्रतिष्पर्धीमध्येबाट उत्कृष्ट प्रतियोगी छनौटकालागि पुस–५ गतेदेखि पुस–१४ गतेसम्म भोटिङ खुल्ला गरिएको छ । ईन्टग्रिटी आईडलका लागि राईलाई एसएमएस तथा वेवसाईटबाट भोट दिने व्यवस्था गरिएको छ ।
जिल्लाका महिला अधिकारको क्षेत्रमा क्रियासिल भुवनलाई भोट दिन मोबाईलमा (IIN 05) आइआइएन टाईप गरी एक स्पेश दिएर ०५ टाईप गरेर ४००१ मा एसएमएस गर्न सकिन्छ । यसबाहेक www.integrityidol.org (डब्लुडब्लुडब्लु डट आईएनटिईजिआरआईटिवाईआईडिओएल डट ओआरजी) लगअन गरेर समेत उहाँलाई भोट दिने व्यवस्था छ । महिला अधिकार र क्षमता अभिबृद्धिकालागि जिल्लाका गाउँ–गाउँ पुगेकी महिला बिकास निरिक्षक भुवनलाई ईन्टग्रिटी आईडलमा जिताएर जिल्ला र अञ्चलको प्रतिष्ठा फैलाउने अवशर आएको छ । उहाँसँग एक जना सिडियो, श्रोतव्यक्ती, प्रिन्सिपलसहित चार जना प्रतिष्पर्धामा छन् । उहाँले ईन्टग्रिटी आईडलमा जिताउनकालागि सबैसँग भोटकालागि सहयोग गर्न आव्हान गर्नुभएको छ ।

‘आईडलकालागि मलाई एसएमएस तथा बेवसाईटबाट भोट दिनसक्नुहुन्छ,’ राईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भोटकालागि सहयोग गर्न यहाँहरुलाई बिनम्र अनुरोध छ ।’ राई जिल्लामा ईमान्दार, सहयोगी, कर्मठ र क्रियासिल कर्मचारीकारुपमा परिचित छन् । एउटा मोबाईल नम्बरबाट एक पटक मात्र एसएमएस भोटिङ गर्न सकिन्छ । सभाषद बिशाल भट्टराईले भुवनको सफलता जिल्लाबासीको गौरबको विषय भएको फेसबुकमा लेख्नुभएको छ । भट्टराईले भुवनलाई सहयोग गर्ने दायित्व आएको उल्लेख गरेका छन् ।