खोटाङ, पुस–६, खोटाङको काहुले गाबिसको परिषद सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको परिषदले सडकलाई ७ लाख, बिद्युतलाई २ लाख, फरक क्षमता भएका, आदिबासीजनजाती, कृषिलाई २ लाख ५१ हजार बजेट बिनियोजन गरेको छ ।

यस्तै, बालबासलकालाई १ लाख ६७ हजार, महिलालाई १ लाख ६७ हजार बजेट बिनियोजन गरेको सामुदायीक स्वयंसेबक अनिता राईले जानकारी दिनुभयो । परिषद गाबिस सचिव ढुण्डीराज दुलालको सभापतित्वमा सम्पन्न भएको थियो ।