खोटाङ, पुस ९ । अखिल नेपाल महिला संघ खोटाङले राष्ट्रपति बिद्या भण्डारीमाथि दुव्र्यबहार गर्नमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै संघले जनकपुरको रामजानकी मन्दीरमा पूजाअर्चना गर्नेक्रममा बिद्यवा भएकै कारण राष्ट्रपति भण्डारीमाथि दुव्र्यबहार गर्नमा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।
राष्ट्रपतिमाथि गरिएको दुव्र्यबहारलाई अखिल नेपाल महिला संघले मानव अधिकार सम्बन्धी बिश्वव्यापी घोषणापत्र १९४८ र नेपालको संबिधान २०७२ले स्थापित गरेको हक बिपरितको बर्बर व्यवहार भनेको छ । संघले निन्दनीय कार्यमा संलग्न दोषीलाई सजाय दिलाउँदै एकल महिलाको सामाजिक, साँस्कृतिक तथा धार्मिक अधिकारलाई सुरक्षित र मर्यदित बनाउन आग्रह गरेको छ । असभ्यताको पराकाष्ठ देखाउने दोषीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाईएको संघकी सचिव दिलकुमारी राईले बताईन् ।
राष्ट्रपति भण्डारीमाथिको दुव्र्यबहार महिलाको साँस्कृतिक र धार्मिक अधिकारमाथिको आक्रमण भएको भन्दै संघले गम्भीर आपत्ती प्रकट गरेको छ ।