खोटाङ, पुस ११– नेपाली कांग्रेसले खोटाङको रतन्छामा ‘पार्टी शुद्धीकरण र सुदृढीकरण’ विषयक अन्तरक्रिया गरेको छ । कांग्रेस गाउँ कार्य समितिको आयोजनामा शनिबार अन्तरक्रिया गरिएको हो ।
कांग्रेस महासमिति सदस्य एबं समानुपातीक उम्मेदवार रबिप्रकाश राईको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको कांग्रेसले जनाएको छ ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति तिर्थ भट्टराई, क्षेत्रीय सदस्य जीवनकुमार राई, नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि शहरमान राई, खोटाङ–काठ्माण्डौं सम्पर्क समितिका उपाध्यक्ष दिबराज राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत संघीय समाजबादीका गाउँ उपाध्यक्ष शिव राई, सन्तोष राई, माओवादीका मनकुमार राई, एमालेका सरण राई र ज्ञानकुमारी खड्का कांग्रेस प्रबेश गरेको क्षेत्रीय सभापति भट्टराईले जानकारी दिनुभयो । अधिबेसनको मिति नजिकीँदैगर्दा कांग्रेसले गाउँ–गाउँमा कार्यक्रम सुरु गरेको छ ।