रामधन राई/खोटाङ,
पुष–१३, भाषा तथा मौलिक संंस्कारको जगेर्नाका साथै साँस्कृतिक जागरणका लागि किरात राई चाम्लिङ भाषाको गीति भिडियो संग्रह निर्माण भईरहेको छ । किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्य समिति ललितपुरले निर्माण गरिरहेको चाम्लिङ राईको भाषा तथा संस्कारमा आधारित गीति भिडियो संग्रहका लागि खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुरलगायतका किरात राई ऐतिहासिक थातथलोमा छाँयाँङकन भईरहेको हो ।

चाम्लिङ राईहरुको भाषा तथा मौलिक संस्कारको उत्थान र जर्गेना गर्ने उदेश्यले ऐतिहासिक गीति भिडियो संग्रह निर्माण गर्न लागेको संस्थाका सहसचिब तथा निर्माण समितिका संयोजक रेवत राईले जानकारी दिनुभयो । राईका अनुसार देशबिदेशमा रही मौलिक परम्परा, भाषा , संंस्कार तथा इतिहासलाई सम्मान र संरक्षण गर्ने ब्यक्तिहरुले समेत यस कार्यको लागि सहयोग गरेका छन् ।
चाम्लिङ तथा अन्य राईहरुको ऐतिहासिक महत्व राख्ने स्थानहरुमा छायाँङकन भईरहेको चाम्लिङ राई भाषाको गीति भिडियोमा बिवाह मगनी, हाटबजार, उधौली–उभौलीलगायतका दृश्यहरु समेटिएको निर्देशक रोशन राईले बताउनुभयो । राईका अनुसार यो भिडियो संग्रहले भाबी पुस्तालाई समेत आफ्नो मौलिक संस्कार, संस्कृति तथा इतिहासबारे सजक गराउने छ । रोशन राईसँगै जनक राई र भोगेन राईले समेत गीति भिडियो संग्रहको लागि निर्देशन गरिरहेका छन् ।
गायक तथा संगीतकार रेवत राई स्वयमले समेत अभिनय गर्ने भिडियोहरुमा नब कलाकार रस्बिना राई, कलाकार बसन्त राई, कलाकार तथा निर्माता संस्थाका पदाधिकारीद्वय डिगमसुर राई र धनकुमार राई, रामधन बेदना लगायतको अभिनय देखिनेछ ।
गीतकाररु बीरेन्द्र राई, टीका चाम्लिङ, ईश्वर चाम्लिङ, नाकिमा नाकिम को शब्दमा शान्तिराम राई, डक्टर किरात, राई नबीन र रेवत राईको संगीत रहेका छन् ।
राजेशपायल राई, रेवत राई, मेलिना राई, जानुका राई, पालुवास्टार, सागर संसार राई, निश्चल राई, बबिना किराती, नम्रता राई, रोश्मा राईलगायतको स्वर छन् । भाषा ट्रान्सलेट भने भाषा अनुसन्धानकर्मी गडुलमान राई, अधिबक्ता शान्तिकुमारी राई र तिलक चाम्लिङले गरेका हुन् ।
खोटाङका हलेसी, नेर्पा, दोर्पा, सिम्पानी, लिच्किराम्चे, बतासे, बुइपा, राजापानी, साप्सूखोला, सुनकोशी, रुपाकोटलगायत अन्य जिल्लामा समेत गरी ८० प्रतिशत छाँयाँङकनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ ।