खोटाङ भदौ–२६, खोटाङमा सुरु भएको तीज महोत्सवमा लोकदोहरी गीत तथा विभिन्न साँस्कृतिक नृत्यहरुले रौनक बढाएको छ । जिल्लाको दिक्तेलवजारमा सोमवार सुरु भएको तीन दिने महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिताका साथै लोपोन्मुख संगीनि नाच, मारुनी नाच, पञ्चैबाजा कुसुले नाच, धुपीधुपी लगायतका नृत्यले रौनकता वढाएको हो । 
युवापुस्तालाई लोप हुन लागेको संस्कार, संस्कृतिका विषयमा जानकारी गराउँदै संरक्षणका लागि जागरुक बनाउन हरितालिका तिजको अवशर पारेर तिज महोत्सव आयोजना गरिएको महोत्सव आयोजक बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताउनुभयो । आयोजना गरेको तिज महोत्सव दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो । 

लोकदोहोरी प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, भुलभुले समुह नेर्पा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, मञ्च माबि टोल सुधार समिति, सिर्जनशिल समुह निगाले, पुष्पाञ्जली भजन समुह, गैरीगाउँ टोल, पुरानो गाउँ सेवा समिति र दिक्तेल आचार्य समुहले सहभागीता जनाएको छ । 
यस्तै, मारुनी नाचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै खाल्ले, नोभे टोल कृषक समुह, गुप्तेश्वर सेवा समिति नेर्पा, दिक्तेलबारी भजन कृतन समुह, संगमटोल दिक्तेल, कुडारबारी भजन कृतन समुह, रत्नपार्क संगीनि नाच समुह, सकृया भजन टोली र पञ्च माबि माझटोल सुधार समितिमा आवद्ध महिलाले संगीनि नाच प्रदर्शन गरेका छन् । 
लोक दोहोरी प्रतियोगिताको समापन, विभिन्न जातजातीको संस्कार र संस्कृतिक भाव झल्किने संगीनि नाच, धुपीधुपी नाच प्रदर्शन गर्दै बुधबार तीज महोत्सव समापन गरिने मुल आयोजक समितिका संयोजक बिन्दा थापाले बताउनुभयो ।