खोटाङ, ५ माघ । समग्र खेल क्षेत्रको विकास तथा प्रर्बद्घनका लागि खोटाङमा किरात राई खेलकुद संघ गठन गरिएको छ । कराते खेलाडी सुमन राईको अध्यक्षतामा १३ सदस्यीय खेलकुद संघको गठन गरिएको हो ।
संघको उपाध्यक्षमा ब्याडमिण्टन खेलाडी कविता राई, सचिवमा फुटबल खेलाडी सुचन राई, सहसचिवमा कराते खेलाडी चन्द्रकला राई र कोषाध्यक्षमा करातेकै मोतीचन्द्र राई रहनुभएको छ । किरात राई यायोख्खाका अध्यक्ष प्रश्नराज राई संघको प्रमुख सल्लाहकार र केन्द्रीय सदस्य संजयकुमार राई विशेष सल्लाहकारमा चयन गरिएको छ । यस्तै, जिल्लामा स्थापित खेलकुदसँग सम्बन्धित संस्थाका अध्यक्षहरुलगायत बिधागत खेलका अग्रजहरुलाई समेत सल्लाहकारमा राखिएको छ ।
संघले किरात राई मात्र नभएर गैरकिरात खेलाडीहरुको समेत हित हुने गतिविधि गर्ने नवगठित संघका अध्यक्ष राईले जानकारी दिनुभयो । राईका अनुसार खेलाडीका क्षमता विकास, सम्मान, स्थायित्व लगायतका कार्य गर्ने छ ।
राज्यले सक्षम तथा सम्मानयोग्य खेलाडीहरुलाई पुरस्कृत र उचित सम्मान गर्न नसकेको संघले जनाएको छ । सम्बन्धित निकायले खेलाडीहरुमा पक्षपातपुर्ण ब्यवहार गर्ने गरेकोमा जिल्लाका खेलाडीहरुले गुनासो गरेका छन् ।