
चिसाङ शेर्पा।

जब हामी यो धर्तीमा पाइला टेकछौ तब यो धर्तीले सोच्छ्न रे । नव मनुस्यको मेरो छातीमा आवगमन भयो अब उसले मलाई कुल्चेर समाजलाई सहि कार्यमा केन्द्रकृत गर्नेछ । जो कोहीको जन्मपछि मृत्यु त ध्रुवसत्य कुरा हो तर त्यही जन्म मृत्युको बीचमा हुने उतारचढाव यस्तो रणभूमी हो जहाँ इतिहास बन्न नि सक्छ बिग्रनु पनि । उदाहरणहरु हामीले धेरै नजिकबाट नियालेका छौ । सोच्नुस त जन्मदेखि मर्नुभन्दा अगाडिसम्म तपाईंले यो संसारको लागि के प्रसंसानीय काम गर्नु भयो? म यो समाजलाई के छोडेर जादैछु, मेरो पछाडिका पिढीहरुले मबाट के लिनेछन् । यो सबै सोच्दा जिन्दगी रणभुल्लमा फसेझैं हुन्छ तर यथार्थ यहि हो ।
यो जन्म र मृत्यु बीचको खाली भागलाई एकपटक हृदयङ्गम गरेर हेर्नुस् त । एउटा भकुण्डो भित्र हावा भरिएको जस्तै हो हावा रहिन्जेल त्यो भकुण्डो जहाँ पनि जान सक्छ । यता पनि गोल हुन सक्छ र उता पनि । फरक यति हो उता गोल भए भकुण्डोलाई सबैले चुम्छन्। अक्सर यता गोल भए भने सबै ईर्ष्या गर्छन् । त्यस्तै हो जीवन जसरी हाम्रो जिन्दगीमा पनि प्राण हुन्छ हामी पनि त्यही भकुण्डो जस्तै यताउता तलमाथि गरिरहेका हुन्छौं ।
त्यही जन्म र मृत्युको मध्य भागमा रहेको प्राणमा यस्तो अतुलनीय काम गरौ ता कि भोलि सबैले वाहवाह गरून् । मान्छेहरू किन हरहमेसा मन्दिर जान्छन्, गुम्बा धाउछन, मस्जिद चिहार्छन, चर्चतिर पाईला मोडछन् ? आखिर त्यही आस्था गरिएको देवताको पुजा गर्न, आराधना गर्न अफसोच तपाई यस्तो मान्छे हुने लक्ष्य लिएर हिंड्नुस् मानाै तपाई नै साँक्षी ईश्वर हो । जस्ले आफू रोएर अर्कोलाई हसाँउछ, आफू वारि रहेर अरुलाई पारी पुर्याउछ । जल्दै अरुलाई उज्यालो दिन्छ ।
शिलाको मूर्तिलाई खाने बहानामा प्रसाद चढाउदै हिड्ने यी मनुष्य जातिमा यस्तो ज्ञान दिने प्रयत्न गर्नुस् । इज्जत र श्रद्दा त्यसलाई गर्नुस् जसलाई नभेटिने भगवान त भन्न मिल्दैन काम भगवानको गर्छन् । साँच्ची पुजाको थालीमा प्रसाद बोकी मन्दिर जादैमा कोही पवित्र र पापबिहिन हुन्न, सक्नुहुन्छ भने याैटा गरिब दिन दुखीको झुपडीमा जानुस् उसलाई मिठो बोलिदिनुस त्यतिबेला तपाई हो भगवान, त्यो बेला तपाईं हो ठुलो धर्म, त्यो बेला तपाईं हो सबसे महान जात।
यहि जन्म र मृत्युको बीचमा हामीले बुझ्नुपर्ने संसारमा सबैभन्दा ठूलो धर्म भनेको त मानव सेवा हो। किनकि जब एउटा भोकले छटपटाएको मान्छेलाई रोटी दिँदा ऊ जति खुशी हुन्छ नि, हो त्यही हो हाम्रो लागि फल, तपाईंको सानो कामले कसैको ओठमा हाँसो भरिन्छ भने त्यो भन्दा अर्को सुख के हुन सक्छ ? यो जिन्दगीमा, कमसेकम जति बाँचिन्छ त्यतिबेला सम्म राम्रो काम गरौं मरेर जादा नि सबैको मनमा बस्न सकियोस् यहि त हो जीवन ?
अधिकाँशको यहि चाहाना हुन्छ कि म जीबनमा धेरै राम्रो काम गरेर यो समाजलाई केही योगदान दिएर मर्छु सबैको यो सोचाइ अनि कार्यलाई सल्युट त गर्नैपर्छ । त्यसैले जिन्दगीमा यदि पुण्य कमाउनु छ भने मानव सेवा गर्नुस् । त्यही हो तपाईंको लागि ठूलो जात, त्यही हो तपाईंको लागि ठूलो धर्म, त्यही हो तपाईंको लागि सबसे महान पुण्य । त्यही तपाईंको जीवन। अत: यहि हाम्रो जीवन र मृत्युको बीचमा गरेको काम देखेर कोहि मान्छे यस्तो हुन्छ, लाग्छ भगवान पनि उसको सामु के हो र। त्यसैले हरेक दिन उसको आरती उतारुं, उसैको आराधना गरौं साच्चै यो दुनियाँमा यति गुणकारी र सहयोगी देवता पनि भेटिन्छ, जीवन नै उसैको लागि बलिदान दिन मन लाग्छ भनेर सिङ्गो
देश नै गुञ्जायमान होस् त्यो पो हो त जीवन।
मान्छे कुनबेला हाँस्छ, कुन प्रहरमा खुशी हुन्छ त्यो त हामीलाई थाहा हुन्न । तर तपाईं त्यो दिन हाँस्नुस्, त्यो पल औधी प्रसन्न हुनुहोस् जुन दिन तपाईंको सानो कारणले दुनियाँले दिल खोलेर तपाईंको वाहवाह गर्नेछ । आखिरमा यहि त हो जीवन अनि मृत्यु ।