रुद्र शर्मा/दोहा, कतार, २० माघ । खोटाङमा एम्बूलेन्स सञ्चालनकालागि कतारबाट २ लाख २७ हजार जुट्ने भएको छ । खोटाङ सेवा समाज दोहा कतारले गैर–आबासिय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद) मध्यपुर्ब सह–संयोजक उमेश अधिकारी र राष्ट्रिय समन्वय परिषद कतारका नबनिर्बाचित अध्यक्ष बिनेश तामाङलाई बधाई तथा शुभकामना दिनकालागि आयोजना गरिएको कार्यक्रममा चार शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त हुने प्रतिबद्धता आएको हो ।
कार्यक्रममा एम्बूलेन्स खरिदकालागि गैर–आबासिय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद) मध्यपुर्ब सह–संयोजक उमेश अधिकारीले १ लाख ५ हजार, राष्ट्रिय समन्वय परिषद कतारका नबनिर्बाचित अध्यक्ष बिनेश तामाङले ५१ हजार, समाजका संरक्षक राम गुरुङले ५१ हजार र उदयपुरका प्रेमध्वज लामाले २० हजार दिने प्रतिबद्धता जनाउनु भएको छ । खोटाङ सेवा समाज युकेले जिल्लाकालागि तीन वटा एम्बुलेन्स जुटाउने तयारी गरिरहेकाबेला कतारमा खोटाङ सेवा समाजले पनि एम्बूलेन्स जुटाउने अभियान थालेको हो ।
दोहास्थित नज्माको ढाका रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा गैर–आबासिय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद) मध्यपुर्ब सह–संयोजक उमेश अधिकारी र राष्ट्रिय समन्वय परिषद कतारका नबनिर्बाचित अध्यक्ष बिनेश तामाङलाई बधाई तथा सफल कार्यकालकालागि शुभकामना दिईएको छ । यस्तै, कतारमा रहेका साहित्यीक संस्थाहरुले मोती जयन्तीको अवसरमा केही समयअघि आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा शान्त्वना स्थान प्राप्त खोटाङका गजलकार मणी पौडेललाई बधाई तथा शुभकामनाका साथमा प्रशंसा–पत्र प्रदान गरिएको समाजका महासचिव रुद्र शर्मा (आचार्य)ले जानकारी दिनुभयो ।
अधिकारी र तामाङलाई संस्थाका संरक्षक राम गुरुङ र प्रमुख सल्लाहकार प्रेमप्रसाद भट्टराईले खादा ओढाएर कदर–पत्र प्रदान गर्नुभएको थियो । यस्तै, गजलकार पौडेललाई संस्थाका अध्यक्ष प्रकाश गुरुङ र विशेष अतिथि रेखा राईले खादा ओढाएर प्रशंसा–पत्र प्रदान गर्नुभएको समाजले जनाएको छ । कार्यक्रममा गायक रबिन राई, नबोदित गायक युगेस राई, योगेश खड्काले सांगीतिक मनोरञ्जन प्रदान गर्नुभएको थियो । गजलकार लेख कार्की र उमेश कालिकोटेले गजलमार्फत अतिथि, आयोजक र सहभागीलाई स्तब्ध बनाउनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्रसेर राई, हरि बस्नेत, रबिन राई, चानक पोख्रेल, भाईकाजी गुरुङ, नुवाकोट सेवा समाज कतारका अध्यक्ष हरिकृष्ण रिमाल, ओखलढुंगा सेवा समाजका संरक्षक बालकृष्ण भित्रिकोटी, कास्की आदर्स सेवा समाजका अध्यक्ष मानप्रसाद रानामगर, बाग्लुङ सेवा समाजका अध्यक्ष चन्द्रकान्ता शर्मा, गुल्मी सेवा समाजका सल्लाहकार बिजय बस्नेत, नेपाल आदिबासी जनजाती महासंघ कतारका द्धितिय उपाध्यक्ष लिलाम चिदी मगर, नेपाली मगर संघका बिबेक पुलामी मगर, तमु (गुरुङ) समाजका प्रथम उपाध्यक्ष खेम गुरुङ, किरात राई यायोक्खा कतारका अध्यक्ष अमृतकुमार राई, खस क्षत्री समाजका उपाध्यक्ष दोर्णबस्नेत, पत्रकार ईन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।