टेनिस रोका
काठमाडौं २४ माघ । खोटाङको जयरामघाट पुल र फोक्सिङटार पुल निर्माण ढिलाईप्रति काठमाडौंमा बस्ने खोटाङेहरुले सडक विभाग घेराउ गरेका छन् । सो क्रममा उनीहरुले चर्को रुपमा ठेकेदार कम्पनी र सडक विभागका कर्मचारीको विरोध गरेका छन् भने आइतबार २ घण्टा कार्यालय छिर्न समेत अवरोध गरेका छन् ।
काठमाडौं २४ माघ । खोटाङको जयरामघाट पुल र फोक्सिङटार पुल निर्माण ढिलाईप्रति काठमाडौंमा बस्ने खोटाङेहरुले सडक विभाग घेराउ गरेका छन् । सो क्रममा उनीहरुले चर्को रुपमा ठेकेदार कम्पनी र सडक विभागका कर्मचारीको विरोध गरेका छन् भने आइतबार २ घण्टा कार्यालय छिर्न समेत अवरोध गरेका छन् ।
ललितपुरको पुल्चोकस्थित सडक विभाग अगाडी आइतबार तीस जना भन्दा बढी काठमाडौंमा बसोबास गर्ने खोटाङेहरुको उपस्थिति थियो, खोटाङका दुवै निर्वाचन क्षेत्रका सांसदद्धय विशाल भट्टराई र पाँचकर्ण राई (पिके) तथा एमाले केन्द्रिय सदस्य राजन राईसहितको भिडमा सबैभन्दा बढी आक्रोशित देखिन्थे सांसद पिके राई । कर्मचारीलाई गेटबाट नै फर्काउँदै त कहिले औंला उठाउँदै उनी पटक–पटक भनिरहेका थिए– ‘आठ वर्षमा पनि पुल नबनाउने ठेक्कावाल र विभागका कर्मचारीलाई सबैले कुरीकुरी गरौं ।’ काम नगर्नेलाई बहिस्कार गर्न जोड दिईरहेका सांसद राईले अब पनि काममा तिब्रता नआए कसैलाई पनि नछाड्ने चेतावनी समेत दिईरहेका थिए ।
ओखलढुंडा र खोटाङ जिल्लाको सिमानामा अवस्थित पक्की पुल सम्झौता भएको ८ वर्षमा पनि निर्माण नभएको र तराई जोड्ने फोक्सिङटार पुल झण्डै २ वर्षमा पनि निर्माण सुरु नभएपछि खोटाङका सांसदसहितको टोलिले सडक विभाग अगाडी गएर नै आन्दोलन गरेको थियो ।
सांसद भट्टराईले ३ वर्ष अगाडीदेखि बबरमहलस्थित सडक विभाग, भौतिक मन्त्रालय तथा सम्बन्धित निकायमा पटक पटक डेलिगेशन जाँदा पनि पुल बनाउन चासो नदेखिएकाले विभागका पदाधिकारी तथा कर्मचारीलाई रोकेर ध्यानाकर्षण गराउन बाध्य भएको बताए ।
पुल निर्माणमा ढिलासुस्तीको विरोधमा आइतबार सडक विभाग घेराउ गरिर्दै । तस्बीर : मिलन राई |
नेपाली कांग्रेसबाट समानुपातिक कोटातर्फ सांसद बनेका व्यापारिक घरानाका दिवाकर गोल्छाको हुलास स्टिल र राप्रपाका तर्फबाट सांसद चुनिएका विक्रम पाण्डेको कालिका कन्ट्रक्सन प्रालिले २०६६ सालमा पक्की पुलको ठेक्का लिएको थियो । निर्माण सम्झौता गर्नुपर्ने समय सकिएको चार वर्ष बितिसक्दा पनि पुलको खम्बा समेत निर्माण सम्पन्न भएको छैन । खोटाङेहरुले सांसदले ठेक्का लिएर ४/५ जना कर्मचारीलाई खटाउने गरेको, विभिन्न बहानामा ठेक्का लम्ब्याउँदै कर्मचारीसँगको मिलेमतोमा आर्थिक अनियमितता गरेको समेत आरोप लगाएका छन् ।
टोलिले आइतबार १० बजेदेखि ११ बजेसम्म विभागमा कुनै पनि कर्मचारीलाई छिर्न नदिएर ढिलासुस्तीको विरोध गरेको थियो । खोटाङका सांसदद्धयले भने ठेक्कावाल कम्पनीका सांसद गोल्छा र पाण्डेले ढिलासुस्ती गरेको भन्दै खिल्ली समेत उडाएका थिए । उनीहरुले ठेक्का लिनेहरुलाई पनि सबैले कुरीकुरी गर्नुपर्ने र मिलेमतोमा ठेक्का समय लम्बाईरहने कर्मचारीलाई पनि कुरीकुरी गर्नुपर्ने भन्दै ढिलासुस्तीको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
घेराउ कार्यक्रममा सडक विभाग अगाडी सांसद भट्टराईले ठेकेदार र कर्मचारीको मिलेमतोमा ढिलासुस्ती मात्रै नभएर ठेक्का लम्ब्याउँदै मनोमानी रुपमा रकम हिनामिनाको काम समेत भईरहेको खुलाए । अर्का सांसद राईले पनि भेरिइएशन र रिइस्टीमेटका नाममा पैसा खाने तर पुल नबनाएकाले घेराउ गर्न बाध्य भएको बताए ।
१० करोड ठेक्कामा १ सय २० मिटर लम्बाई र सिंगल लेन ४ मिटर चौडाको सस्पेन्सन मोटरेबल ब्रिज सम्झौता भएको चार वर्षभित्र निर्माण गरिसक्नु पर्ने हो । तर, ठेक्कावाल दुई कम्पनीबिच आपसी आर्थिक लेनदेन विवादका कारण पनि पुल निर्माण कार्य अगाडी नबढेको खोटाङबासीको गुनासो छ ।
यता, टेण्डर भएर काम थाल्ने सम्झौता गरिएको २ वर्ष बित्दा पनि सुनकोसीको फोक्सिङटारस्थित पुलको काम सुरु समेत सुरु नभएको तथा हलेसी–दिक्तेल सडक पिचका काम पनि हाल सुस्त गतिमा भइरहेको समेत काठमाडौंमा बसोबास गर्ने जिल्लाबासीले सडक विभाग अगाडी पुगेर गुनासो गरेका छन् । १८ करोडको निर्माण लागतको उक्त पुल २०६९ देखि बन्न सुरु हुनुपर्नेमा अझै सुरु समेत भएको छैन ।
विभाग अगाडी नै भेटिएका सडक विभाग पुल निर्माण शाखाका प्रमुख सरोज प्रधानले फोक्सिङटारको काम केही दिनमा नै सुरु हुने र जयरामघाटको पुल निर्माणमा केही ढिला भएको तर काम भईरहेको जनाए । खोटाङेहरुले भने उनै प्रधानका कारण ढिलासुस्ती भईरहेको आरोप लगाएका छन् ।
यसअघि सांसदसहितको टोलिले तीन वर्ष अगाडी बबरमहलस्थित सडक विभागमा गएर पुल निर्माण छिटो सम्पन्न गराउन ध्यानाकर्षण गराएको थियो । यस्तै, डेढ महिना अगाडी भौतिक तथा यातायात मन्त्रालयमा पनि पुगेर खोटाङे प्रतिनिधि टोलिले ध्यानाकर्षण गराएको थियो । ३ वर्ष अगाडी तत्कालिन विभाग प्रमुखले आगामी वर्ष नै पुल निर्माण गरिसक्ने बताएका थिए । यस्तै, मंसिर दोस्रो साता मन्त्रालयका तत्कालिन सचिव गजेन्द्रकुमार ठाकुरले फोक्सिङटारको पुल निर्माण महिना दिन भित्र सुरु गरिने र जयरामघाटकको निर्माणको ठेक्का लिनेलाई कामलाई तिब्रता नदिए ठेक्का खारेजी र ढिलासुस्ती गरेकाले जरिवाना समेत गर्ने चेतावनी दिएका थिए तर, कुनै पनि काम भने अघि नबढेपछि जिल्लाबासी आक्रोशित बन्न पुगेका हुन् ।