खोटाङ, ७ फागुन । खोटाङको बाक्सिलामा जारी निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा शुक्रबार एथ्लेटिक्सतर्फका दौड, हाईजम्प, त्रिपल जम्प लगायतका छनौट खेल भएका छन् ।

प्रतियोगीतातर्फको दुई सय मिटर दौडमा छात्रार्फ पुथ्बी उच्च माबिका समला राई र छात्रतर्फ सोही बिद्यालयका प्रकाश श्रेष्ठ छनौट भएका छन् । तीन हजार मिटर दौडमा छात्रातर्फ पृथ्बी उच्च माबिका दिर्पा बस्नेत र छात्रतर्फ सोही बिद्यालयका किरण राई, हाईजम्प छात्रतर्फ प्रकाश श्रेष्ठ र छात्रातर्फ सर्मिला कार्की, त्रिपल जम्पमा छात्रातर्फ पृथ्बी उमाबिका अनुस्मा राई छानिएका छन् ।

चार ईन्टु चार सय मिटर रिलेमा छात्रातर्फ पृथ्बी उच्च माबि छनौटमा पर्न सफल भएका जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । शनिबार भलिबल, कबर्डी र एथ्लेटिक्सतर्फकै केही ईभेन्टका खेल हुने आयोजकले जनाएको छ । प्रतियोगीताकालागि छात्र भलिबलतर्फ १० टिम र छात्रातर्फ ५ टिमको नाम दर्ता भएको छ । कबर्डी छात्रतर्फ ६ टिम र छात्रातर्फ ५ टिमको दर्ता भएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

यस्तै, क्षेत्र नम्बर–२ मा खोटाङबजारमा फागुन–९ गतेदेखि ११ गतेसम्म निर्वाचन क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता गर्न लागिएको खेलकुद बिकास समितिले जनाएको छ ।