काठमाडौं ८ फागुन । खोटाङका मिलन राई नेकपा एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
माथिल्लो सगरमाथाबाट उम्मेदवारी दिएका उनी अनेरास्ववियुको हालै सम्पन्न निर्वाचनमा २७ भोटका साथ विजयी भएका हुन् । उनका प्रतिद्धन्दीले ११ भोट ल्याएका थिए ।
खोटाङ गिरेन राईले पनि अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्षमा उम्मेदवारी दिएका थिए । आयोग अन्तर्गतको भोट काउन्टिङ जारी रहेको छ ।